भारतीय मदिराले जमाएको प्रभाव अझै हट्न सकेन

इलाम : भारत सीमावर्ती क्षेत्रमा अवैध भारतीय मदिराले जमाएको प्रभाव अझै हट्न सकेको छैन । जिल्लाका उत्तरी र पूर्वी गाउँमा अवैधरुपमा आउने भारतीय मदिरा खुला रुपमा विक्री वितरण हुने गरेको छ । भारतको सिक्किममा निर्माण हुने यस्तो मदिरा स्वास्थ्यकालागि पनि हानिकारक भएको भन्दै प्रशासनले प्रतिवन्धित गरेको छ ।

त्यस्तै नेपाल सरकारालाई कुनै पनि राजश्व नबुझाई एकलौटी बजार सिर्जना गरेका यस्ता मदिरालाई नियन्त्रणमा सरोकारवालाले कडा पहल गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

सन्दकपुर ५ जमुनाका बासिन्दाले आमभेला गर्दै यस्ता मदिरा नियन्त्रण गर्न माग गरेका छन् । जनप्रतिनिधिसहित, व्यवसायी, समाजिक अगुवा, सञ्चारकर्मी, प्रहरीलगायत ठूलो संख्यामा भेला भएका स्थानीयले सम्वन्धित निकायले कडाई गर्नु पर्ने जनाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार