थ्री स्टारलाई रोक्दै झापा चौथो पटक फाइनलमा

बिर्तामोड : झापा ११ एफसी चौथो मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोल्डकपको चौथो संस्करण जारी रहँदा झापा चौथो पटक नै फाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गदैै झापाले फाइनल यात्रा तय गरेको हो । झापाले सेमिफाइनलमा नै तेस्रो पटक थ्री स्टारलाई पराजित गरेको हो ।

झापाका लागि पुजन उपरकोटी, देवेन्द्र तामाङ्, दिनेश थापामगरको प्रहार गोलमा परिणत भएको थियो भने कर्ण लिम्बू र हेमन गुरुको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाएका थिए ।

थ्री स्टारका लागि रजिन धिमालको प्रहारमात्र गोलमा परिणत भएको थियो । बुद्धराज लिम्बूको प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले रोकेका थिए । रुपेश केसी र मिक्चेन तामाङ्को प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दिनेश थापामगर घोषित भए । उनलाई नगद १५ हजार प्रदान गरियो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न सकेनन् भने पाएको अवसर पनि खेर फालेका थिए । १५ मिनेटको थप समयमा दुवै टिमबाट गोल नहुँदा निर्णय टाइब्रेकरबाट लिइएको हो ।

शनिबार दाउफिन्स एफसी र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

न्युजसंजालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार