सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत् गरेका थिए ।

सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समयसापेक्ष भएको बताए ।

सांसद पुष्पा भुसालले संविधानको भावनाविपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् ।

सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताए ।

सैद्धान्तिक छलफललकाक्रममा सांसद डिला संग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले बोलेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले विधेयकमा कहीँ–कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिए ।

‘सबैलाई थाहा छ, स्वतन्त्रताको सीमा हुँदैन । तर, सबैलाई योपनि थाहा छ, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न मिल्दैन’–मन्त्री बाँस्कोटाले भने ।

त्यसैगरी, शुक्रबारै ‘संघीय निजामती सेवा विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सदनमा सो विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत् गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन १४ गते बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार