सडक बिस्तार गर्ने सूर्योदय नगरपालिकाको तयारी

  नयाँ बुलन्द  560 पटक हेरिएको

इलाम : सूर्योदय नगरपालिकाले फागुन ११ गतेबाट मेचीराजमार्गको सडक क्षेत्राधिकार कायम गर्ने जनाएको छ ।

नगरपालिका कार्यालयमा बिहिबार पत्रकारसम्मेलन गरी फागुन ११ गते १२ बजेबाट इलाम जिल्लामा पर्ने मेची रार्जमागकाे पाल्टांगेदेखी भालुखोपसम्मको सडक दाँयाबाँया साढे ७ मिटर कायम गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै भौतिक पुर्वाधार विकास समितीका संयोजक एवम वडा नं ३ का अध्यक्ष होम कार्कीले सडक क्षेत्राधिकार विस्तार गर्ने बताएका हुन ।

बृहतर विकासका साथै पर्यटकिय नगरीको रुपमा अघि बढेकाले स्थानियको आग्रह अनुसार साढे ७ मिटरमा सहमती अनुसार अघि बढेको बताउँदै उनले नगरले पटक पटक सुचना प्रकाशन गर्दा पनि स्थानियले अटेर गरेपछि फागुन ११ गतेबाट कामले तिव्रता पाउने बताएका छन् ।

उनले संरचना भत्काउन समय लाग्ने भए समय दिने बताएका छन् । नक्सा दोहोरो भएको स्थानियको जग्गा नगरसभाबाट निर्णय गरेर प्रदेशसभा र क्याविनेटमा पठाएर समाधान गरिने कार्कीले जानकारी दिए ।

१५ मिटर कायम गरिएको क्षेत्रमा बाटो बाहेक अन्य संरचना नहुने पत्रकार सम्मेलनमा बताइएकाे छ । व्यपारीहरुलाई व्यवस्थापन गर्न आग्रह अनुरुप पाल्टांगे, तिनघरे भालुखोपमा स्वस्फुर्त रुपमा घर टहरा र पसलहरु हटाउने कार्य भइरहेको शिबकुमार बस्नेतले जानकारी दिए ।abcnepali काे सहयाेगमा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार