आगलागी पीडित पौडेललाई करूणाको सहयोग

इलाम : इलाम नगरपालिका–९ निवासी आगलागी पीडित दुर्गा पौडेललाई अपाङ्गता क्षेत्रमा कार्यरत करूणा फाउण्डेशन नेपालमा कार्यरत कर्मचारीहरूबाट १३ हजार आर्थिक सहयोग गरिएको छ ।

करूणा फाउण्डेशन नेपालले स्थापना गरेको आकस्मिक कोषबाट पाँच हजार र कर्मचारीहरूबाट आठ हजार पाँच रूपैयाँ सङ्कलन गरी पौडेललाई हस्तान्तरण गरिएको छ । करूणा फाउण्डेशन नेपालका कार्यक्रम व्यवस्थापक अजित योञ्जनले उहाँलाई नगद हस्तान्तरण गरे ।

गत फागनु ३ गते शुक्रवार पौडेलको घरमा आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको थियो । पौडेल शारिरीक अपाङ्गता भएका व्यक्ति हुन् । आगलागीपछि उहाँ आफ्नो मुल घरमा बस्दै आएका छन् ।

करूणा फाउण्डेशन नेपाल इलाममा कार्यरत १८ जना कर्मचारीहरूबाट आर्थिक सहयोग सङ्लकन गरिएको फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदिप अधिकारीले बताए । फाउण्डेशनले आकस्मिक कोषमा रहेको रकमबाट अपाङ्गता भएका १५ जना व्यक्तिहरूलाई आर्थिक सहयोग गरिसकेको समेत उहाँले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार