फोनिजको राष्ट्रिय भेला कास्कीको माछापुच्छ्रेमा, स्थानीयद्वारा भव्य स्वागत (भिडियो सहित)

  नयाँ बुलन्द  177 पटक हेरिएको

कास्की : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला मंगलबारदेखी कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ घाचोकमा सुरु भएको छ ।

भेलामा सहभागी हुन फोनिजका संघीय कार्यसमिति अध्यक्ष डण्ड गुरुङ्गको नेतृत्वमा निवर्तमान पदाधिकारी, सातै प्रदेशका प्रदेश इन्चार्जहरु, जिल्ला अध्यक्षहरु, सल्लाहकारहरु, पार्षदहरु र फोनिजबाट प्रतिनिधित्व गरेका नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ । कार्यक्रम स्थल पोखराबाट ३५ किलो मिटर दुरीमा पर्दछ ।

सहभागी पत्रकार टोलीलाई फोनिज कास्की शाखाको विशेष व्यावस्थापनमा माछापुछ्रे गाउँपालिका १ मा रहेको कृषि पर्यटन सिकाई केन्द्र स्थापना तथा होमस्टे कार्यक्रमका पदाधिकारी एवं सदस्यहरुले भव्य स्वागत गरेका थिए ।

राष्ट्रिय भेला २ दिनसम्म संचालन हुनेछ । भेलामा नेपाल पत्रकार महासंघको विधानलाई समावेशी वनाउने विषयमा विशेष छलफल हुने फोनिजका संघिय अध्यक्ष डण्ड गुरुङ्गले वताए ।

भेलामा देशभरका २ सय ५० आदिवासी जनजाति पत्रकार महासंघका पदाधिकारी, सदस्यहरु, जिल्ला अध्यक्ष, पार्षदहरुको सहभागिता रहेको अध्यक्ष गुरुङ्गले वताए ।

भेलामा प्रदेश महाधिवेशन संचालन निर्देसिका–०७५ को विषयमा विशेष रुपमा छलफल हुने सचिव मिलन लिम्वुले वताए ।

भिडियोमा हर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार