सडक हिउँदमा मात्र काम लाग्छन्, बर्खामा त बन्द

news

                       फाइल तस्वीर

काठमाडौं : आफ्नो गाउँमा बाटो पुगेपछि धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका वडा नम्बर २ मा बस्ने प्रिस्किला तामाङ निकै खुसी छिन् ।

विकट बस्ती, सधैं खच्चडकै भरमा खाद्यान्न तथा निर्माण सामग्री गाउँमा पु¥याउनुपर्ने बाध्यता हटेपछि उनी खुसी भएकी हुन् । घरआँगनमै गाडी आउन थालेपछि अहिले तामाङजस्तै यस क्षेत्रका सबै स्थानीय हर्षित भएका छन् ।

बजार अभावकै कारण हरेक वर्ष आलु, अलैंचीलगायत कृषि उपजहरु त्यत्तिकै खेर जाने गरेका थिए । अब भने आफ्ना उत्पादनलाई बजार पु¥याउन पाउने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

तर गाउँनजिकै रहेको झर्लाङको पहिरो जब स्थानीयको आँखामा पर्छ, यो खुसी दुःखमा परिणत हुन्छ । कारण, पहिरोले उत्तरी धादिङका विभिन्न बस्ती नै बगाएर लगेका घटनाहरु ताजै छन् ।

स्थानीयका अनुसार यहाँका सडक हिउँदमा मात्र काम लाग्छन्, बर्खामा त बन्द हुन्छन् । पानी पर्नासाथ माटो बगाउने, पहिरो जाने र सडक भासिने गर्छ । –नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार