इलाम : जिल्ला सहकारी संघ इलामको चौथो अधिबेशन बाट लोकतान्त्रिक पक्षधरको प्यानलनै बिजयी भएको छ।
सहकारी संघको अध्यक्षमा विष्णु दाहाल निर्वाचित भएकी छन् भने संघको उपाध्यक्षमा लीला थापा, सचिवमा मन न्यौपाने, सह–सचिवमा दुर्गाप्रसाद चौलागाईं र कोषाध्यक्षमा परशुराम सापकोटा रहेका छन् ।
यस्तै ताराकुमार राईं, धनकुमारी कार्की, पदमकेशर लिम्बू,बुद्धिमान कार्की, सरिता श्रेष्ठ चयन भएका छन् । यस्तै मोहन विष्टको संयोजकमा तीन सदस्य लेखा समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरूमा वविता लिङदम र राजेश पराजुली रहेका छन् ।
उनिहरु हिजो इलाम सदरमुकाममा सम्पन्न अधिबेशनबाट भारी मतान्तरले बिजयीभएका हुन ।