त्रिभुवन विश्वविद्यालयले थाल्यो फागुन १४ गते स्ववियु निर्वाचन तयारी

  नयाँ बुलन्द
0 Shares

ललितपुर : त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकेको छ ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यका भित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग आज गरेको छलफलमा यस्तो निर्णय गरिएको हो।

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफलमा तोकिएको जिम्मेवारी पूरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुमा सुझाव प्रस्तुत गरिएको थियो।

सो क्रममा उपकुलपति डा तीर्थराज खनियाँले उम्मेदवार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकाले यो निर्वाचनलाई नियमित प्रक्रियाका रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसलाई भएको बताए।

उनले मतदाता नामावलीको टुङ्गो लगाउन र क्याम्पसभित्र क्रियाशील विद्यार्थी सङ्घसङ्गठनसँग निरन्तर संवाद गर्न क्याम्पस प्रमुखलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार