नेकपा प्रवेश गरेका तिर्थराजका परिवारले कांग्रेसको झण्डा छोड्दैनौं भनेपछि…

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाली कांग्रेस चितवनका पूर्वजिल्ला सभापति तिर्थराज भुसाल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेसँगै परिवारबाटै विरोध भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लाबाट पूर्व सांसदसमेत रहेका भुसालसहित ठुलो संख्यामा पार्टी प्रवेश गराएका थिए । त्यसैको विरोधमा भुसाल परिवार उनीविरुद्ध खनिएको हो ।

भुसालकी श्रीमती शर्मादेवी भुसाल, भाइ शंकर भुसाल, छोरा देवराज भुसाल र विवेक भुसाल, दिदि टिका भुसाल पाठक, भतिज झपेन्द्र भुसाल, सुवास भुसाल, नाति कपिल भुसाल, विजय भुसाल, जीवन भुसाल, भान्जी तुलसी थापागाईं, नाति प्रदिप काफ्लेले एक विज्ञप्ति प्रकाशित गर्दै घोर विरोध गरेका छन् ।

उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माडी न.पा. ५ निवासी तिर्थराज भुसाल माघ ५ गते नेकपा प्रवेश गरेको जानकारी सञ्चार माध्यमबाट प्राप्त गर्दा हामी परिवाजन आश्चर्यचकित र दुःखित भएका छौं ।’

उनीहरुले नेकपा प्रवेश गरेका भुसाल पर्वतका कांग्रेस संस्थापक स्व. आनन्द भुसालका छोरा भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पर्वत जिल्ला नेपाली कांग्रेसका संस्थापक एवं प्रजातन्त्रका सेनानी स्व. आनन्द भुसाल जो तिर्थ भुसालका पिता हुनुहुन्छ, २०१७ सालपछि वि.पि कोईरालाको निर्देशनमा नेपाली कांग्रेसको संगठन विस्तार, ससस्त्र क्रान्ति लगायतका सबै खाले पञ्चायत विरोधी आन्दोलनमा जीवनभरी क्रियाशिल रहनुभयो । जसका कारण पञ्चायती सरकारले उहाँको टाउकाकोा मूल्यसमेत तोकेको थियो । आन्दोलनकै क्रममा पर्वतबाट चितवन माडीमा बसाईसराई गर्नुभएको थियो । स्व. आनन्द भुसलाकै प्रेरणाअनुसार अहिले पनि पर्वत, चितवन, नवलपरासी, रुपन्देशीलगायतका जिल्लामा बसोबास गर्ने अधिकांश भुसाल बन्धुहरु तथा आफन्तजनहरु नेपाली कांग्रेसमा आबद्ध रहँदै नेतृत्वदायी भूमिकामा क्रियाशिल छन् । यस्तो ऐतिहासिक परिवारका सदस्य जसलाई नेपाली कांग्रेसले चितवन जिल्ला सभापति, सुकुम्बासी आयोगको अध्यक्ष र निर्वाचित सांसद बनाउँदै उच्च मूल्याङ्क गरेको इतिहास सर्वविदितै छ । यी सबै तथ्यहरुलाई बिर्सिएर पारिवारिक सरसल्लाह बिनै लहडका भरमा नेकपा प्रवेश गर्नु आफैंमा राजनीतिक कृतघ्नता पनि हो । तसर्थ आवेशमा गरिएको गलत निर्णय ततकााल सच्याई नेपाली कांग्रेस पाटीृमा फर्किन अनुरोध गर्दछौं । साथै हामी तपसिलका परिवारजनहरु विगतमा झै नेपाली कांग्रेसको आफ्नो–आफ्नो जिम्मेवारीमा अझ बढी सक्रियताका साथ क्रियाशिल रहने जानकारी गराउन चाहान्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार