हरितनगरको अध्यक्षमा घिमिरे

  नयाँ बुलन्द
0 Shares

इलाम : हरितनगर महिला समुह इलामको पाँचौ अधिवेशनबाट रिना घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समुहको उपाध्यक्षमा सुनिता कर्मचार्य, कोषाध्यक्षमा नानुका खत्री, सचिवमा रञ्जना जोशी, सहसचिवमा जानुका पोख्रेल चयन भएका छन ।

यस्तै सदस्यहरुमा मिरा सापकोटा, संगीता बसेल, पुजा राई, हरिमाया सापकोटा, इन्दिरा रेग्मी, भगवती कोइराला (मञ्जु) सर्वसहमत चयन भएका छन् ।

यसअघि समुहको अधिवेशन तथा साधारण सभाको उद्घाटन रिना घिमिरेको अध्यक्षता तथा इलाम नगरपालिकाकी उपमेयर सुशिला नेम्वाङ्ग प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन गदैैै नेम्वाङ्गले महिलाहरु आर्थिक रुपमा सवल भएमात्रै अगाडी बढ्न सक्ने बताइन् ।

अर्थोउपाजनका लागि महिला सबल भए सबै क्षेत्रमा महिलाको सहभागीता बढ्ने उहाको भनाई थियो । त्यसका लागि नगरले पनि महिलाहरुको निम्ति कार्यक्रम तय गरेको बताइन् ।

कार्यक्रममा रेडियो नेपालबाणी एफ एमका अध्यक्ष केदार थापा, अलैची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकी, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, महिला उद्यमी विकास इकाइकी अध्यक्ष अनुजा सुवेदी, महिला जागरण संघकी अध्यक्ष विष्णु दहाल, इलाम नगरपालिका वडा नम्बर ७का अध्यक्ष नरेश श्रेष्ठ, वडा सदस्य वसन्ती घतानी लगायतले शुुभकामना मन्तव्य राखेका थिए । समुहले नारायणस्थान टोल विकास संस्थालाई सम्मान गरेको छ ।

समहले वातावरण तथा सरसफाइ, महिला अधिकार लगायतको क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएको छ । यसैगरी महिलाहरुलाइ उद्यमशील बनाउन विभिन्न सीपमुलक तालीम आयोजना समेत गदै आएको छ । केही गृहिनी महिलाहरुको सकृयतामा नगरको सार्वजानिक स्थानको सरसफाई र फुलका गमलाले सजाउने कार्य गर्दै आएको समहुले छोटो समयमा स्थापित संस्थाको रुपमा आफ्नो पहिचान बनाएको छ । हाल समुहमा ४५ जना महिलाहरु आबद्ध भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार