लमजुङ : लमजुङमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।
जिल्ला सरदमुकाम बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर बुधबार साँझ ३ रेक्टर स्केलको भूकम्प गएको प्रजिअ झंकनाथ ढकालले जानकारी दिनुभयो ।
खानी तथा भूगर्भ विभागका अनुसार बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प एकदम सानो र छोटो समय गएको हो । भूकम्प जाँदा बेसीशहरमा छोटो तर कडा झड्का महसुस भएको ढकालले जानकारी दिनुभयो ।