नेपाल बैंकको चरम लापरबाही : ६ तोला सुन बैंकबाटै गायब !

  प्रनिश थापा
0 Shares

चितवन : के तपाईं बैंकमा सुनचाँदी गहना राखेको छु भनेर ढुक्क त हुनुभएको छैनन् ? यदी त्यसो हो भने सचेत हुनुहोस् । तपाईंको सामान सुरक्षित नहुन पनि सक्छ । हो, नेपाल बैंक गितानगर शाखाका कर्मचारीको चरम लापरवार्हीका कारण गितानगर निवासी खगराज पाठकको झण्डै करिब ६ तोला बढी सुन गायब भएको छ ।

१ वर्ष अगाडी बैंकमा सुन राखेर १ लाख ४५ हजार नगद पैसा निकालेका पाठकको १ वर्ष पछाडी सुनको समय अवधि थप गर्न जाँदा खाताबाटै सुन हराएको पाइएको हो । आफुले बुझ्दै जाँदा त्यहाँका सुन कर्जाका कर्मचारीले आफ्नो खातामा रहेको सुन अर्कैको खातामा टान्सफर गरेको जानकारी पाएको पाठकले बताए ।

साथी सुनको ब्याज तिरी पुनरिन्यु गर्न बैंक गएको र सोही बेला साथीकै नाममा बैकका कर्मचारीले खाता खोली सो सुन उनकै खातामा टान्सफर गरेको हुनसक्ने शंका पाठकले गरेका छन् । आफुलाई बैकका कर्मचारीले सुन लगेको भनेर जवरजस्ती हस्ताक्षर गर्नुस भनी दवाव दिएको समेत पाठकको गुनासो छ ।

आफ्नो कुनै हस्ताक्षर र आफुलाई जानकारी बिना नै त्यत्रो सुन बैकबाटै हराउनु सुन कर्जाका कर्मचारी सुजन कोईराला र बैकको नै चरम लापरवाही भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार