चिनियाँ रोबोटिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : चीनले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ ।

उक्त मानवरहित चाँग इ–४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको थियो ।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न र जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त अवतरणलाई अन्तरिक्ष यात्राको महत्वपूर्ण कोशेढुङ्गो भनेको छ । चन्द्रमामा यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ ।

उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो ।

सन् २०१३ मा चाँग इ–३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो ।

अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धूलोका नमूनाहरू पृथ्वीमा ल्याउनेछ ।चन्द्रमाको उक्त परको क्षेत्रलाई ’अँध्यारो पाटो’ भनिन्छ ।

चन्द्रमाका दुवै पाटाहरूमा दिन र रात हुने गर्छ । चाँग इ–४ अभियानले त्यहाँको भन कार्मान क्रेटरको अध्ययन गर्ने लक्ष्य राखेको छ ।

उक्त क्रेटर वा खाल्डो चन्द्रमाको सुरुवाती इतिहासमा भएको कुनै विशाल घटनाका कारण बनेको ठानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार