नेपालमा पनि विगतको तुलनामा लघु वित्तहरु र वित्तिय सहकारीहरु वड्नेक्रम जारि रहेको पाइन्छ । यसररि वित्त सहकारिहरु र लघु वित्तहरुको प्रतिष्पर्धाहुँदा त्यस संस्थाहरुमा आवद्धहुने सदस्यहरुलाई भने अवश्य पनि फाइदा पुग्दछ ।गरिब र न्यून आय भएका घरपरिवारलाई आफूले कमाएको धन निक्षेपको रुपमा व्याज पाउने गरी जम्मा गर्ने, आवश्यकता पर्दा कर्जा लिने, धनको सुरक्षित हस्तान्तरण गर्ने, विमा तथा अन्य स–साना बित्तीय सेवा पु¥याउने विधिलाई लघुवित्त सेवा भन्छि । यस्तै गरेर सहकारि तथा लघुवित्तवाट ऋण लिई स्थानिय तहमा पाइने कच्चा पदार्थहरुको प्रशोधन गर्दै मुल्य अभिबृद्धि गराई,संचालन गरिने कुटिर उद्योग÷व्यवसायहरुलाई लघु उद्यम भनिन्छ ।
माइक्रो फिसेसको अवधारणाको विकास सन् १९८३ मा मोहम्मद युनुसले वंगलादेशमा ग्रामीण वैंकको स्थापना गरी संचालन गरेका हुन् । उनले ग्रामीण बैंकको रुपमा बंगलादेशमा लघुवित्तको सफल अभ्यास गरेको आधारमा २००६ को नोवेल पुरस्कार समेत प्राप्त गरेका छन्। यसै अवधारणा ल्याटिन अमेरिकी देशहरुमा एसिओन र भारतमा सेवा बैंकले गरिब समुदायमा वित्तीय सेवाको पहुँच बढाउँदै आय आर्जनको र लघुवित्तको माध्यमबाट अवलम्बन गरेको पाइन्छ । गरिबीहरुलाई वित्तीय सेवा पु¥याउने लक्ष्य लिएर स्थापना भएको विश्वकै पहिलो बैंक भने सन् १९९२ मा बोलिभियमा स्थापना भएको बैएनकोसोल हो , लघुवित्तको सेवा प्रवाहमा सन् १८५० को दशकदेखि जर्मनीबाट शुरु भएको ऋण सहकारीहरुको योगदानलाई परिस्कृत गरेर लैजानेभन्दा लघुवित्त सेवामा नाफामूलक निजी र संस्थागत पूँजी मार्फत गरिबी समुदायका १७ करोड ५० लाख मानिसहरुलाई सन् २०१५ सम्ममा वित्तीय सेवा पु¥याउने भनि अन्तराष्ट्रिय वित्तीय निकायहरुको जोड रहेको छ ।
सहकारी बाहेकका अन्य वित्तीय संस्थाहरुलाई लघुवित्त सेवा प्रवाहको काममा लगाउँदा देखिएका विविध समस्याहरुका कारणले सहकारी संघसंस्थाहरुलाई एजेन्टको रुपमा प्रयोग गर्ने चाहना लघुवित्त कम्पनीहरुमा बढ्दै गएको पाइएको छ। लघुवित्त सेवाको प्रवाह चार किसिमका स्रोतहरुबाट हुने गरेको छ, ग्रामीण वा लघुवित्त विकास बैंकहरु, सहकारी संघ–संस्थाहरु, गैर सरकारी संस्थाहरु र साहुमहाजन तथा पसलेहरु ।सहकारी संघ संस्थाहरुको पहुँचमा विस्तार हुँदै गएपछि र समुदायको स्व–व्यवस्थापनमा निर्णय गर्ने अधिकार समेत स्थानीय समुदायमा रहेने आधारमा विगतका वर्षहरुमा विकासोन्मुख देशहरुमा सहकारी संघ–संस्थामार्फत लघुवित्त कार्यक्रमहरु परिचालन गर्ने प्रचलन बढ्दै गएको हो । सहकारी संघ–संस्थाका पदाधिकारी, व्यवस्थापक तथा कर्मचारीहरु र नीति निर्माताहरुका लागि पनि सहकारी मार्फत कसरी लघुवित्तको कार्यक्रम अघि बढाउन सकिन्छ । साथै यसका राम्रा नराम्रा पक्षहरुका बारेमा जानकारी आवश्यक देखिएकोले यस परिच्छेदमा यस विषयमा संक्षेपमा उल्लेख गरिएको हो । यस विधिको वित्तीय प्रणालीको स्थापनामा योगदान पु¥याउने मोहम्मद युनुसको यी भनाइले गरिबका लागि सानो पँुजीको महत्वलाई प्रतिविम्बित गर्दछ ।
लघुवित्त अन्तर्गत गरिएको कर्जा लगानीको असुली दर ९७ देखि ९९ प्रतिशतसम्म रहेको पाइन्छ । यसका लागि सहकारी संस्थाहरु प्रभावकारी माध्यम हुने अभ्यासबाट प्रमाणित भएको छ । विशेषगरी सहकारी संस्थाहरुको पहुँच जनताको घरदैलोसम्म रहेको हुन्छ । यसले बचतको सुविधा समेत दिएको हुन्छ । जबकी गैर सरकारी संस्थाहरुले लघुवित्त कार्यक्रम अन्तर्गत कर्जा लगानीको काम मात्र गर्दछन् । सहकारी संस्थाहरु स्वयमसेवी प्रकृतिका हुन्छन् । सहकारीहरु सामान्यतया पूँजी निर्माणका लागि अन्य निकायमा भर पदैनन् । सदस्इहरुको दीगो आर्थिक क्षमता निर्माणमा गराउन आय आर्जनका क्रियाकलावहरु व लघु उद्यम÷व्यवसायहरुको संचालनले यिनको योगदान प्रभावकारी रहेको हुन्छ । सहकारी संस्थाहरुको सञ्चालनमा ज्यादै कम लागत भएकोले सहकारी संस्थाहरु मार्फत लघु उद्यम÷लघुवित्त कार्यक्रमको सञ्चालनमा गरिब समुदाय थप लाभान्वित हुन्छन् समुदायकै व्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्दा जनसहभातिा जुटाउन पनि सहकारीलाई ज्यादै सजिलो हुन्छ । लघुवित्त कार्यक्रमको सबैभन्दा बढी आलोचित पक्ष पनि व्याजको दर नै हो । सहकारी संस्थाहरुले आफैले आफ्नै स्रोत परिचालन गरी सञ्चालन गरिएको विना धितो लघुकर्जा नेपालमा प्रयोगमा ल्याइएको र यसको प्रभावकारीता वृद्धि भइरहेको छ। बाह्य स्रोत विना सहकारीले सञ्चालन गर्ने यस्तो कार्यक्रमबाट गरिब समुदाय बढी लाभान्वित बनेका छन्् । सहकारी संस्थाहरुले स्वरोजगार वा ग्रामीण विकास कोषबाट समेत न्युन ब्याजदरको कर्जा लिई आफ्ना सदस्यहरुलाई सरल र सुलभरुपमा लघुकर्जाको कारोबारलाई अघि बढाएका छन् । जसको फलस्वरुप दुवै ग्रामिण तथा शहरी क्षेत्रममा लघु उद्यम,व्यवसायहरुको बृद्धि समेत भएको पाइन्छ ।
सहकारी मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दा जोखिमका बारेमा समेत ध्यान पु¥याउनु पर्दछ । वित्तीय सहकारीहरुले सदस्य नबनाई कुनै पनि व्यक्तिसँग कारोबार गर्न सकिने अवस्था हुँदैन । लघुवित्त कार्यक्रममा सरिक गैर सहकारी निकायहरुले सहकारीको यो सीमाप्रति ध्यान नदिदा कतिपय सहकारीले सदस्यता निदई बैंकिङ्ग कारोवारलाई मात्र प्राथमिकिकरण गरेको पाइन्छ । यस बाहेक उक्त सहकारिको कार्यक्षेत्रभन्दा बाहिर गई कारोबार गर्ने घटना पनि सामान्य बन्दै गएको छ। यसबाट वित्तीय सहकारीको विकासमा प्रतिकूलताहरु वृद्धि हुने र केही निजी व्यापारीहरुले सहकारीलाई माध्यम बनाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने निकायको रुपमा सहकारी चिनिने खतरा रहन्छ । लघुवित्त कार्यक्रम सञ्चालन गर्दा नियमित बचत गर्नेको भन्दा कर्जा लिनेहरुको निर्णय निर्माणमा बढी प्रभाव रहने अवस्था आयो भने बचतकर्ता सहकारी सदस्यहरुको हकमा अहित हुने गरी निर्णय हुने सम्भावना रहन्छ । वित्तीय कारोबार गर्ने सहकारीहरुमा समेत सामान्य सहकारीमा झै नियमित अनुगमनको अभाव, कुशल व्यवस्थापनको कमी आदि समस्याहरुक हुने गर्दछन् । त्यस्तै लघु वित्त कार्यक्रममा लागत बढी लाग्ने साथै बाह्य पँुजी भएकालेले चर्को व्याजका कारण गरिब वर्ग झन गरिब बन्ने गरेको आधारमा लघुवित्त व्यवसायको आलोचना पनि भएको पाइएको छ।सहकारी मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दा धेरै पक्षहरुको विश्लेषण वा ध्यान पु¥याउनु पर्ने हुन्छ ।
सहकारीको व्यवस्थापन सहकारीका सिद्धान्त तथा मूल्यहरु,प्रचलित सहकारी र सम्बम्धित कानुनहरु र वित्तीय कारोबारका मापदण्डहरु बमोजिम सञ्चालन भएको हुनु पर्दछ ।सहकारीहरुले आफ्नो कारोबारको अनुगमन र सुपरिवेक्षणका लागि आन्तरिक र बाह्य प्रणालीलाई बलियो बनाएको हुनु पर्दछ । आन्तरिक नियन्त्रणका लागि लेखा समितिको प्रभावकारी भूमिका आवशयक छ भन्ने बाह्य परीक्षणका लागि योग्य र निर्भिक लेखापरीक्षकको नियुक्ति अपरिहार्य हुन्छ । वोक्युले प्रचलनमा ल्याएक वित्तीय कारोबारको व्यवस्थापन विधिहरु प्रयोगमा ल्याएको हुनु पर्दछ । यस अन्तर्गत विश्वभरी वित्तीय सहकारीहरुले प्रयोगमा ल्याउने गरेकोर्पल्स अनुगमन प्रणालिको बारेका राम्रो ज्ञान तथा यसले निर्दिष्ट गरेका अनुपातहरुको विश्लेषण तगा मापदण्डहरुको पालना अपरिहार्य हुन्छ ।सहकारी संस्थाहरुले सदस्यहरुबाट ऋण लिने मात्र नभै नियमित रुपमा बचत जम्मा गर्ने गराउने काममा विशेष जोड दिनु पर्दछ । ऋण मात्र दिने काम नै लघुवित्त अभियानको कामजोर पक्ष हो भन्ने कुरा बुझ्न आवश्यक छ । सदस्यहरुको आथिृक जीवनस्तर उकास्न सकेसम्म कम व्याजदरमा कर्जा उपलब्ध हुने र स्वरोजगारमूलक व्यवसाय गरी कर्जाको साँवा व्याज चुक्ता गरी केही बचत गर्ने अभ्यास गराइएन भने सदस्यहरुको आर्थिक अवस्थामा दिगो सुधारको सम्भावना कमजोर बन्दछ ।सहकारीले बाहिरी स्रोत ल्याई परिचालन गरेको पुँजीमा दाताको भूमिका र हस्तक्षेपको सामाना वा उनिहरु अनुकुल हुने लगानि गर्नु पर्ने पनि हुन सक्छ । समुदायको पुँजी कुनै पनि नाममा बाहिर नजावस् भन्ने कुरामा सहकारी संस्थाहरु सजग रहनै पर्दछ । संस्थाको वित्तीय विश्लेषणका आधारमा कुन हदसम्म वित्तीय न्यूनताका लागि बाहिरको कर्जामा आश्रित बन्न सकिन्छ भन्ने कुराको विश्लेषण नगरी बाह्य पूँजकिो प्रयोग हानिकारक पनि हुन सक्दछ । लघुवित्तका बारेमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले अंगिकार गरेका नीति तथा कार्यक्रमहरुका बारेमा सहकारी क्षेत्रले राम्रो जानकारी लिनुका साथै उद्यमशिलता वा आय आर्जनका क्रियाकलावमा जोड दिनु पर्दछ। जसले सहकारीभित्र सञ्चालन गरिने लघुवित्त कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्दछ ।