धार्मिक स्थल पाथीभरामा दुर्घटना बढ्दै

भक्तजन भन्छन्, सिँढि अप्ठ्यारो भयो

  गोबिन्द पौडेल
0 Shares

फाइल तस्वीर : पाथीभरा मन्दिरको प्रवेशद्वार

रोङ : इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरको सिढिबाट लडेर आगन्तुकहरु घाइते हुनेको संख्या पछिल्लो समय बढेको छ ।

केही दिन अघिमात्रै नवलपरासीका करिव ८ वर्षीय छोरा मन्दिरको सिढिबाड लडेर घाइते भएको समाचार सेलाउन नपाउँदै फेरि आज दुई जना बालिकाहरु सिढिबाट लडेर घाइते भएका छन् । यसरी घाइते हुनेमा बिराटनगरबाट आएकी बालिका कृतिका माझी र झापा बुधबारेकी बालिका स्नेही खत्री रहेकी छन् ।

उनीहरु दुवै अभिभावकसँगै मन्दिरको दर्शन गरेर फर्कदा सिढिबाट लडेका हुन् । अभिभावकसँगै मन्दिरको दर्शन गरेर फर्कदा सिढिबाट लडेका हुन् । घाइते भएकी स्नेहीको ओठ काटेको छ भने तीन सिढिमा चीत परेकी कृतिकाको निधार र नाकमा चोट लागेको छ ।

यस अघिपनि धेरै भक्तजनकरु सिढिबाट लडेर घाइते भएको र यो क्रम दिनहु जसो हुने गरेको स्थानिय बासीहरुको भनाइ रहेको छ । पाथीभरा माताको महिमा र भक्तिभाव साथ आफुहरु मन्दिर आउने गरेको भएपनि मन्रिमा जाने र फर्कने सिडिहरु एकदमै अप्ठारो र बृद्ध बृद्धा र अपाङ्गमैत्री नभएको कारण आफुहरुलाइ असहज भएको भक्तजनहरुको गुनासो रहेको छ । अझ तराईका समथर भुभागमा हिडेका र शहरिया वाताबरणमा बसेका हरुलाइ एकदमै असहज रहेको उनिहरुको गुनासो रहने गरेको छ । यता अन्य स्थाबाट अलि घुमाउरो भएपनि सजिलो सिडि बन्ने संभावना रहेपनि बनेका सिडिहरु सिधै उकालो भएकोले समस्या दोहोरीरहेको स्थानिय बासीहरुकै भनाइ रहेको छ ।

यता पाथीभरा क्षेत्र बिकास कोषको गुरुयोजना बनिसकेकोले सिडिलाइ ब्यबस्थित गरेर सजिलो बनाउनउने बिषयमा छलफल थालिएकोले यसको बारेमा तुरुन्तै कार्ययोजना अगाडी बढाइने गाउपालिका अध्यक्ष समसेर राइले बताए ।

र्दुघटना हुनु एकदमै र्दुभाग्य हो बनेका सिडिहरुबाट केही समस्या आउन थालेपछि आफुहरुले सचेतनाको लागि होडिङ्ग बोर्डहरु राखेर न्युनिकरण गर्ने प्रयास गरेको र चेतनामुलक सन्देशहरु बाढ्ने गरेको भएतापनि कतिपय अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाइ संहाल्न नसक्दा र साबधानी नअपनाएको कारण यस्तो घटना हुने गरेकोले आगामी दिनमा बैठक गरेर बिकल्प खोज्दै घटना दोहोरिन नदिने प्रयास गर्ने पाथीभरा क्षेत्र बिकास समितिका अध्यक्ष दौलत राइले बताए ।

आफुहरु आउने भक्तजनहरुको सुबिधाको लागि हरेक प्रयास गरिरहने र दुर्घटनामा परेका व्यक्तिहरुले समितिका पदाधिकारी, स्वयंसेवक र प्रहरी प्रसासन समक्ष जानकारी गराएमा उनिहरुको लागि सकेको सहयोग गर्ने समेत अध्यक्ष राइको भनाई रहेको छ ।

यता स्थानिय बासी र ब्यपारीहरु भने आस्था भावले आउने भक्तजनहरुमा यस्ता दुर्घटनाका समस्याहरु बढीरहदा यसको महिमा नै घटेर जाने भएकोले समस्याको दिर्घकालीन समाधानमा तुरुन्तै लाग्नुर्पो स्थानिय हिमाल राइले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार