गजुरमुखी धाममा पूर्णिमा मेलाको रमझम

गजुरमुखी धाममा लागेको पूर्णिमा मेला । फाइल तस्वीर

इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो ।

मेलाको पहिलो दिन बिहीबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुईचो लागेको छ । धाम आसपासमा पाल टा“गेर ६ सय बढि अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् ।

गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको भीड लागेको छ । धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हु“दै पैदल र सवारी साधनमार्फत आउनेहरुको क्रम बढेको छ ।

मेलाको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । मेलाको अवसरमा स्थानीय भुुलभुले सामुदायिक विकास केन्द्रले खुला नकआउट फूटबल प्रतियोगिता सुरु गरेको छ । त्यस्तै मेलाकै अवसरमा राट्रिय कलाकारहरुको साथमा बृहत सा“स्कृतिक जमघट हुने भएको छ । कार्यक्रममा चर्चित गायीका ज्योति मगर, गायक शिव श्रेष्ठ, हास्य टेलिश्रङ्खला भद्रगोलका कलाकार जिक्री ब्रो र पाणे बुढोको लगायत स्थानीय कालाकारको समेत प्रस्तुती रहने मेला आयोजक समितिका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।

त्यस्तै लिम्बूहरुको धाननाच (याःलाङ), च्याब्रुङ नाच (केलाङ), लोकदोहोरी साथै वृहत साँस्कृति कार्यक्रमको समेत आयोजना गरिने आयोजक समितिले जनाएको छ ।

मेलालाई व्यवस्थित गर्न मूल आयोजक समिति र अन्य विभिन्न उपसमितिहरु क्रियाशील छन् । हुलहुज्जत र झै–झगडा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको अध्यक्ष नेम्बाङले बताए ।

गजरमुखी धाममा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भू–भागस“गै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसामलगायत स्थानबाट भक्तजनहरु आएको धामका पुजारी युवराव योङहाङ लिम्बूले बताए । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहा“ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण वर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा अहिले दैनिक ६ सयको हाराहारीमा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।

मेची लोकमार्गअन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका पर्यटकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

वर्षाको समयमा कच्ची सडक पर्यटकहरुका लागि केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन । धार्मिक पर्यटकीय सम्भावनाहरु भएपनि उचित प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा गजुरमुखीमा सोचेजति पर्यटक भित्र्याउन नसकिएको स्थानीयको भनाई छ ।

इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा दर्शन गर्नका लागि पालो पर्खदै बसेका भक्तजनहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार