इभाङ : इलामको माङसेबुङ २ इभाङमा जारी दोश्रो रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको आज सेमीफाइनलका खेल संचालन हुँदैछन् ।
फइनल प्रवेशका लागि पहिले सेमीफाइलनमा आयोजक रेडस्टार क्लब माङसेबुङ र सिक्तेम्बा फूटबल क्लब मिक्लाजुङ भिड्दैछन् । यसअघि रेडस्टारले भोटेडाँडा फूटबल क्लबलाई र सिक्तेम्बाले प्रगतिशील युवाक्लब एकतप्पालाई क्वाटरफाइलनमा पराजित गरी सेमीफाइनल प्रवेश गरेका थिए ।
त्यस्तै फाइनल प्रवेशका लागि आज नै दोश्रो तथा अन्तिम सेमीफाइलनमा माङमालुङ फूटबल क्लब र जडिबुटि फूटबल क्लब पाँचथर आमने सामने हुँदैछन् । यसअघिको क्वाटर फाइलनमा माङमालुङले सुनुयुमा क्लबलाई र जडिबुटिले माङसेबुङ २ लाई पाखा लगाउँदै सेमीफाइलनको यात्रा तय गरेको थियो ।
प्रतियोगिताको फाइनल ५ कात्तिकमा हुनेछ । २७ असोजदेखि सञ्चालित प्रतियोगितामा इलाम र पाँचथरका २२ टिम सहभागी छन् । रेडस्टार फूटबल क्लब माङसेबुङ २ इलामको आयोजनामा जारी प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ ।