इलामका ३१ वर्षीय देउभक्‍तको मलेसियामा ज्यान गयो

स्वर्गीय देउभक्‍त लिम्बू (नेम्बाङ)

इलाम : वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका इलामका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । ५ महिना अघिमात्र मलेसिया पुगेका फाकफोकथुम–७ खम्बुवा एकतप्पाका ३१ वर्षीय देउभक्त लिम्बू (नेम्बाङ) को ज्यान गएको हो ।

कम्पनीको कामबाट फर्केर कोठामा सुतेका लिम्बूको सोमबार राती पौने १२ बजे सुतेकै ठाउँमा ज्यान गएको परिवारले जनाएको छ । सँगै बस्दै आएका एकतप्पाकै बिर्खबहादुर लिम्बूले देउभक्तको ज्यान गएको थाहा पाएपछि टेलिफोन गरी घरमा जानकारी गराएको देउभक्तका बाबु अमर नेम्बाङले बताए ।

उनको के कारणले ज्यान गएको भन्ने कुरा खुल्न नसकेपनि ह्यदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान रहेको फाकफोकथुम–७ का वडा सदस्य पञ्च योङहाङले जानकारी दिए । मृतको शव पोष्टमार्टम गरी नेपाल ल्याउने प्रक्रिया सुरु भएको पारिवारिक श्रोतले जनाएको छ ।

देउभक्त गत वैशाखमा मात्र फ्रन्टलाइन म्यानपावर कम्पनी काठमाडौंमार्फत मलेसिया पुगेका थिए । उनी मलेसियामा एसीएमी सेक्युरिटि एसडीएन विएचडी जोरबारुमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए ।

मृतक देउभक्तका एक पत्नी र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार