सरकारी जागिर छाडेर विदेश जाँदा ऋणमा चुर्लुम्म, गाउँकै व्यापार अपार

  सुजता सुनुवार
0 Shares

इलाम : फाकफोकथुम गाउँपालिका ६ एकतप्पाका तेजेन्द्र सिवाकोटीलाई सरकारी जागिरका लागि नाम निकाल्दा लागेको थियो, अब जिन्दगी बाटो लाग्यो । लोकसेवा आयोग भिडेर नायब सुब्बा पदमा नाम निकालेका तेजेन्द्रलाई नेपाल विद्युत प्राधिकरण पाँचथरमा पदस्थापन गरियो । यो २०६८ सालको कुरो हो ।

छिमेकी जिल्ला भएपनि तेजेन्द्रको मन अडिएन । अनि उनले आफ्नै जिल्लामा सरुवा मागे । अथवा पाँचथरबाट इलाममा सरुवा । तेजेन्द्रका अनुसार पाँचथरको प्राधिकरण कार्यालयमा कर्मचारी कम भएको कारण देखाउँदै सरुवा दिइएन ।

जागिर टुंगियो, अब के गर्ने ? तेजेन्द्रलाई लाग्यो, विदेश जाने पैसा कमाउने । त्यसरी रुमल्लिरहेका बेला भेटिए, टुरिष्ट भिसामा रसिया पठाउने दलाल । तिनै दलालले देखाएको बाटो पछ्याएर उनी २०७१ सालमा रसिया पुगे ।

सरुवा नदिएको झ्वाँकमा उनले राजिनामा दिए । जागिर खान सुरु गरेको २ वर्षमा उनले देखेका जिन्दगीको बाटो टुंगियो । अनि नयाँ गन्तव्य र बाटोबाट यात्रा सुरु भयो । यो २०७० सालको कुरो हो ।

दलालले देखाएको बाटो समाएर रसिया

जागिर टुंगियो, अब के गर्ने ? तेजेन्द्रलाई लाग्यो, विदेश जाने पैसा कमाउने । त्यसरी रुमल्लिरहेका बेला भेटिए, टुरिष्ट भिसामा रसिया पठाउने दलाल । तिनै दलालले देखाएको बाटो पछ्याएर उनी २०७१ सालमा रसिया पुगे ।

रसिया जान उनले दलाललाई ७ लाख रुपैयाँ बुझाए । पैसा कमाउने भनेर रसिया त पुगे, तर टुरिष्ट भिसामा हिँडेका उनले भनेजस्तो काम पाएनन् । भीसा तीन महिनाको थियो । तेजेन्द्रलाई त्यतिबेला लागेको थियो, ‘पैसा कमाउन होइन ऋण पर्न पो विदेश आइएछ ।

रसियाबाट युरोप

कमाई गतिलो नभएपछि रसियामा तेजेन्द्रका मन अडिएनन् । सिसा पसलमा गरेको कामले खानबस्न पनि मात्रै ठिक्क हुने । कमाई नभएपछि उनले रसियाबाटै बाँकी समय पसलमा तेजेन्द्रका समय बित्छन् । जति खट्न सक्यो, उति कमाई बढी । यसरी खट्नु भनेको तेजेन्द्रकै भनाईमा, विदेश बस्दा ओटी गरेर कमाउनु जस्तै हो । युरोप जाने योजना बनाए । तेजेन्द्रको योजनामा अरु तीन जनाले पनि साथ दिने भए ।

शरणार्थी हौंभन्दै तेजेन्द्रको टोली स्पेन पुगेको थियो । रसियाबाट हिँडेको एक महिना २१ दिनमा टोली प्रहरीको फन्दामा पर्यो । स्पेन प्रहरीले शरणार्थीको परिचयपत्र माग्यो । प्रमाण थिएन । त्यसैले उनीहरु सबैलाई आआफ्नो देश फर्काइयो ।

अनि नेपाल

यहाँ आइपुगेपछि विदेशमा पैसा कमाउने तेजेन्द्रको सपना पनि टुंगियो । दलाललाई तिरेको पैसा पनि सकियो । अरु ऋण थपियो । तैपनि चित्त बुझाउने ठाउँ कतै त बाँकी नै छ । विदेश यात्राले नेपालमा नै गरे कमाउन सकिन्छ भन्ने ज्ञान पाएँ,’ तेजेन्द्रले भने ।

नेपाल फर्केर उनले इलाम बजारमा इलेक्ट्रोनिक पसल सुरु गरे । विद्युत प्राधिकरणमा २ वर्ष काम गर्दा जानेको सीपले उनलाई इलेक्ट्रोनिक पसल सुरु गर्न सजिलो भयो ।

जति खट्न सक्यो, उति कमाई बढी

२०७३ साउन २ गते उनले घरेलु तथा साना उद्योगमा पसल दर्ता गराए । पसल सुरु गर्दा एक लाख १५ हजार रुपैयाँ लगानी परेको थियो । तेजेन्द्रका अनुसार अहिले पसलमा ४५ लाख रुपैयाँ बराबरको सामान छन् ।

ग्राहकको घरमा सामान जडान गरिदिनु । बिग्रिएका सामान मर्मत गरिदिनु । बेला बेला घरेलु तथा साना उद्योगले आयोजना गरेको तालिममा सहजीकरण गर्नु । बाँकी समय पसलमा तेजेन्द्रका समय बित्छन् । जति खट्न सक्यो, उति कमाई बढी । यसरी खट्नु भनेको तेजेन्द्रकै भनाईमा, विदेश बस्दा ओटी (ओभर टाइम) गरेर कमाउनु जस्तै हो । महिनाको ६० हजार रुपैयाँ बच्ने उनको भनाई छ ।

तेजेन्द्र अहिले ऋणमुक्त भए । लगानी गर्न र पसलमा सामान थप्न कसैलाई गुहार्नु पर्दैन ।तेजेन्द्रलाई अहिले विदेश जाने पैसा आफूसँग नभएकाले पसल खोलेर राम्रो गरेछु भन्ने लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार