जापानमा शक्तिशाली भूकम्प जाँदा पहिराे खसेर घरहरु पुरिए, ३० लाख घरमा अन्धकार

 

जापानको उत्तरी क्षेत्रमा रहेको आइल्याण्ड होकाइदोमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएकाे छ ।

A car is seen stuck on a road damaged by an earthquake in Sapporo, Hokkaido prefecture on September 6, 2018.

भूकम्पका कारण पहिरो जाँदा विभिन्न ठाउँमा घरहरु भत्किएका र पुरिएका छन् । सीएनएनले जनाएअनुसार भूकम्पका कारण अहिलेसम्म दुईजनाको ज्यान गएको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

घरहरु भत्किएपछि हजाराैँ नागरिक विस्थापित भएका छन् । तर तत्कालका लागि सुनामीको खतरा भने नरहेकाे जनाइएकाे छ । पहिराेकै कारण सडक समेत अवरुद्ध भएका छन् भने कैयाैँ ठाउँमा सडक भत्किएका छन् ।

भूकम्पपछि विद्युत आपूर्ति बन्द भएको छ, यसले करिब  ३० लाख घरमा अन्धकार छाएकाे जनाइएकाे छ । भूकम्पका कारण घाइते भएका र फसेकाहरुकाे तत्कालै हेलिकप्टरबाट उद्धार गरिएकाे छ ।

Photo taken Sept. 6, 2018, from a Kyodo News airplane shows the site of a landslide in Atsuma, Hokkaido, northern Japan, triggered by an earthquake with preliminary magnitude of 6.7 that struck the region.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार