सन्दकपुर : सन्दकपुर गाउपालिका २ नम्बर वडा कार्यालय माइमझुवाले गत आर्थिक वर्ष २०७४/०७५ मा ५ लाख १७ हजार ३ सय ७५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
वडा कार्यलयको तथ्यांक अनुसार सबैभन्दा बढी घरधुरी करबाट २ लाख ५२ हजार, पञ्जीकरणबाट ४४ हजार ८ सय ४० रुपैयाँ र मालपोतबाट २ लाख २० हजार ५ सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरेको वडा सचिव देवीप्रसाद खनालले जानकारी दिए ।



















































