विमल दहाल
माई : साउदीको जेलमा विगत २८ महिना कठोर यातना जीवन विताएका इलाम माई नगरपालिकाका प्रेमबहादुर राई घर आई पुगेका छन् । उनी इलामको आफ्नो घर आई पुग्दा स्थानीयहरुले हौसला सहित स्वागत गरेका छन ।
इलामको माई नगरपालिका-४ शुक्रबारे aजारका ३२ बर्षीय प्रेमबहादुर राई बिगत २८ महिना देखि निर्दोश हुदाँहुदै पनि साउदी स्थित नदीम रियादको जेलमा रहेको थिए ।
१० दिन अघि नेपाल आएका राईलाई बुधबार इलाम ल्याईएको हो । उनलाई नेपाल फर्काउन प्रेम राई बचाउ अभियान मुल समितिले अर्थिक संकलन अभियान चलाएको थियो भने समितिको कोषध्यक्ष अनिता ताम्बुछा र सदस्य संकल्प किरातीले सहित परिबारले काठमाण्डौबाट घर ल्याएको थियो ।
स्थानीय स्तरमा समेत आर्थिक अभियान चलाएर प्रेम राई बचाउ अभियानले ९२ लाख नौ हजार नौ सय पचपन्न रुपैया संकलन गरेको थियो । संकलित रकममा केही अनियमितता भएको आरोप लागे पनि उक्त कुरा झुटा भएको समितिले खण्डन गरेको छ । अनियमितता भएको प्रमाणित भएमा जस्तो सुकै कार्बाही भोग्न तयार रहेको समितिकका कोषध्यक्ष ताम्बुछाले बताइन ।
खर्च रकम बिगो बापत साउदी सरकारलाई पठाएको ४३ लाख ३४ हजार एक सय छ रुपैया, संचार र कार्यालय ब्यबस्थापन ६ लाख नौ हजार पन्ध्र, बैठक तथा अतिथि खर्च १ लाख ८८ हजार, यातायात खर्च२ लाख चार हजार,प्रेम परिबार खर्च ८ लाख ८० हजार र साउदी समन्बय खर्च ३ लाख २५ हजार भएको मुल समितिकी कोषाध्यक्ष अनिता ताम्बुछाले बताईन ।
हाल २५ लाख ३३ हजार बचत भएकाले आम सहयोगीको अभिमतबाट निर्णय भए बमोजिम खर्च गरेने सदस्य संकल्प राइृले बताए ।रतालाई माई नगरपालिकाका प्रमुख दिपक कुमार थेबेले नगद हस्तान्तरण गर्नु भएको थियो । उनको उद्धारका लागि शुरुमा ९५ लाख नेपाली रुपैया जम्मा गर्नु पर्ने जानकारी गराइएको थियो ।























































