कस्तो अनौठो प्रतियोगिता, जहाँ विश्वभरका शंखेकिराले भाग लिन्छन्

बेलायतमा अनौठो प्रतियोगिता गराइन्छ । जसमा शंखेकिराले भाग लिने गर्छन् । मान्छे तथा हात्ती, घोडा, उँट, साँढेलगायतको दौड प्रतियोगिता सुनिएपनि बेलायतमा भने शंखेकिराको पनि दौड प्रतियोगिता गरिन्छ । बेलायतमा हुने शंखेकिरा दौड प्रतियोगिताको विजेतालाई पुरस्कार पनि प्रदान गरिन्छ ।सन् ६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतिस्पर्धामा विश्वभरका शंखेकिराले भाग लिन्छन् ।

यो वर्षको शंखेकिरा दौड प्रतियोगिता गएको शनिबार आयोजना गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रतियोगितामा डेढ सयभन्दा धेरै शंखेकिराले भाग लिएका थिए ।विजेता शंखेकिराले निकै अनौठो पुरस्कार पाए । पुरस्कार स्वरुप शंखेकिरालाई निकै मन पर्ने सलादका पातले भरिएको चाँदीको भाँडो टक्राइएको थियो । शंखेकिरा दौड प्रतियोगितामा योपटक लेरी नामको शंखेकिरा पहिलो भयो । यसले ३३ सेमी दूरी २ मिनेटमा पार गर्यो ।

प्रतियोगितामा सबैभन्दा छोटो समयमा दौड पूरा गर्ने शंखेकिराको कीर्तिमान आर्ची नामक शंखेकिराको नाममा छ । आर्चीले सन् १९६६ मा २ मिनेट भन्दा कम समयमे दौड पूरा गरेको थियो । लेरीलाई राम्रोसँग प्रशिक्षण दिन पाएको भए उसले प्रतियोगिताको कीर्तिमान भंग गर्नसक्ने दाबी ताराको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार