डा. केसीलाई जुम्लादेखि हेलिकोप्टरबाट ल्याउन किन ३ घण्टा २० मिनेट लाग्यो ?

काठमाडौं : २० दिनदेखि जुम्लामा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।

डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरोकी टुँडीखेलमा रोकेर सास्ती दिएको चिकित्सकहरुले आरोप लगाएका छन् ।

उहाँलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कुरिरहेको थियो । चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने माग राखी अनसनरत डा. केसीलाई मानसिक रुपमा दबाब दिएर त्रासमा पारी काठमाडौं ल्याइएको चिकित्सकहरूको दावी छ ।

उहाँलाई काठमाडौँ ल्याउने नाममा अनसन बसेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानदेखि सुरक्षाकर्मीको तैनाथ गरी धरपकड, लाठी, अश्रुग्यास, गोली चलाएर बिरामी र बिरामी कुरुवालाई समेत घाइते बनाएको छ । उपचारका लागि आएका बिरामीलाई अस्पतालभित्र प्रवेश नै नदिई अन्धाधुन्घ लाठी र अश्रुग्यास हान्नुका साथै प्रहरीले गोली समेत चलाएको थियो ।

यता त्रिबि शिक्षण अस्पताललाई सुरक्षा घेराभित्र राखिएको थियो । अस्पताल परिसरमा दिउसैदेखि चिकित्सक, शुभचिन्तक, विद्यार्थी, नागरिक समाज, संचारकर्मीहरुको भीड लागेको थियो ।

यति ठूलो संख्यामा जनमानसको भीडदेखि अतालिएको सरकारले डा।केसीलाई टुडखेलमा लगेर रातपरेपछि झारेको भन्दै नागरिक समाजका अगुवाहरुले कडा टिप्पणी गरेका छन् । आक्रोसित सर्वसाधारणले यस्तो सरकार चाहिन्न जनतालाई अनावश्यक दुःख दिन पाइन्न भन्दै बिरोध समेत गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार