दक्षिण कोरियालि डा.डीइ ह्युङ्गद्वारा विद्यालयको अवलोकन

 युद्धबहादुर बोहोरा
पाँचथर : वल्ड मिसनरी मिसन दक्षिण कोरिया हेड अफिसका डाइरेक्टर डा.लि डीइ ह्युङ्ग तथा श्रीमती मुन क्युसिक्ले घुर्बिसे माद्यामिक विद्यालय फाल्गुनन्द-५,पन्चमीको अवलोकन गरेका छन्।
शिक्षा,स्वास्थ र खेलकुद क्षेत्रमा नेपाललाई विशेष सहयोग गर्दै आएको यस संस्थाका डाइरेक्टर पाँचथर सेवासमाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक मणिचन्द्र चेम्जोङको पहलमा पाँचथको भ्रमणमा आएका हुन्। करिब २२ वर्षको लामो समय सम्म दक्षिण कोरियामा रोजगारीको शिलशिलामा रहेका फाल्गुनन्द -५  निवासी समाजसेवी चेम्जोङको लगनशीलता र विस्वासीलो व्यवहारको प्रशंसा गर्दै उनको निमन्त्रणामा ग्रामीण क्षेत्रका विद्यालयको अवस्था बारे अवलोकन गर्न आएको उनले बताए।
स्वागत तथा भेटघाट कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीका चन्द्र चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अम्बरकुमार नेम्बाङको प्रमुख आतिथ्यमा भएको थियो। प्रमुख अतिथि नेम्बाङले अनुगमनमा अाएका अतिथि र पहल कर्ता चेम्जोङलाई धन्यवाद दिंदै दक्षिण कोरियाको जस्तै अनुसासन र लगनशील बन्दै उन्नतिको पाठ सबैले सिक्न जरुरी रहेको बताए।
विद्यालयका प्रधानध्यापक ठाकुरसिं थेगिमले विद्यालयको स्थापना र पृष्ठभुमि,समस्यका शिर्षक र समाधान पछि हुने उपलब्धि सहितको अङ्ग्रेजी भाषामा लिखित प्रस्तावना पुस्तिका वाचन पछि धन्यवाद दिंदै डा.ह्युङ्गलाई हस्तान्तरण गरेका थिए।
पुस्तिका ग्रहण गर्दै डा.ह्युङ्गले दक्षिण कोरियाको सरकारमा  प्रपोजल पेस गरि सक्दो सहयोग गर्ने बताउँदै यस क्षेत्रमा आउन पाएकोमा खुसी व्यक्त गरे। यसै अवसरमा नेपालमा मिसनद्वारा गरिने सम्पुर्ण कार्यहरुको आधिकारिक जिम्मेवारीको प्रमाणपत्र पाँचथर सेवासमाज दक्षिण कोरियाका संरक्षक चेम्जोङलाई प्रदान गरेका थिए ।
त्यस्तै,अतिथिले वृद्ध वृद्धा, विपन्न बर्गका बिद्यार्थी र अशक्तहरु जम्मा नौ जनालाई रु. एक हजारका दरले नगद प्रदान गरेका थिए भने विद्यालयलाई एक थान साम्सुङ्ग कम्पनीको ल्यापटप,खेलाडीलाई जर्सी र भलिबल साथै शिक्षकलाई डटपेन र स्थानीय समाजसेवी २० जनालाई ब्याट्रीबाट चल्ने मध्यम हाते पंखा वितरण गरेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष,गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मायाको चिनो प्रदान गरे भने विद्यालयको तर्फबाट पनि अतिथि डा. ह्युङ्ग तथा श्रीमती क्युसिक,चेम्जोङ र रिजाललाई सम्मान पत्र सहित मायाको चिनो दिएको थियो ।
उक्त कार्यक्रममा आठ महिना देखि मुटु रोगले पीडित फाल्गुनन्द-५ निवासी ३२ वर्षिय रामकुमार दर्नाललाई दक्षिण कोरियाका संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक चेम्जोङले रु.५० हजार नगद रकम हस्तान्तरण गरेका थिए।उनी नर्थ बङ्गाल मेडिकल हस्पिटल भारतमा उपचार गराइरहेका छन्। उनको उपचारको लागि करिब २५ लाख भन्दा बढी खर्च लाग्ने चिकित्सकले बताएका छन् ।
उपचारका लागि थप रकमको आवश्यक परेको हुँदा चेम्जोङले इच्छुकहरु संग सहयोगको अपिल समेत गरेका थिए। विशेष अतिथि मणिचन्द्र चेम्जोङ,गाउँपालिका उपाध्यक्ष देवित्रा आङ्देम्बे,पाँचथर-काठमाण्डौं सम्पर्क समिति अध्यक्ष निर्मल रिजाल,स्रोतव्यक्ति ध्रुवकुमार चेम्जोङ,शिक्षक देउमान आङ्देम्बे,जनप्रतिनिधि नारायणप्रसाद आङ्देम्बे ,समाजसेवी बलिराज नेम्वाङ,विनोद आङ्देम्बे,केहेरसिं चेम्जोङ लगायतले धन्यवाद मन्तव्य राखेका थिए।
विविध साँस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गर्ने कलाकारलाई अतिथिले नगद पुरस्कर प्रदान गरेका थिए। कार्यक्रममा विविन्न विद्यालयका शिक्षक, समाजसेवी, जनप्रतिनिधि,व्यापारी, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थित थियो। विद्यालयका शिक्षक माक्सेम नेम्वाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक सुरेन्द्र लामिछानेले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार