इन्टेक पुवाखोला पुल निर्माण सम्पन्न

इलाम : आर्थिक वर्ष २०७२।७३ मा ठेक्का सम्झौता भएको पुवा खोला दमाइ इन्टेकमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
याक्थुम्हाङ जे भि निर्माण कम्पनिले ठेक्का पारेको सो काम १ बर्ष को अबधिमानै काम सम्पन्न गरि आज एक कार्याक्रमका बिच सडक डिभिजन कार्यालय इलामलाई हस्तान्तरण गरिएको छ ।

तीन करोड ३५ लाख लागतमा निमार्ण सम्पन्न भएको पक्की पुलको २५ मिटर लम्बाइ र ११ मिटर चौडाई रहेको छ ।पुल हस्तानत्ररण कार्याक्रमा सडक डिभिजन कार्यालयका प्रमुख खड्ग श्रेष्ठ ,इन्ञिनियर ध्रुब कुमार झाको उपस्थितिरहेको थियो कार्याक्रममा बोल्दै इलामका  डिभिजन  सडक प्रमुख श्रेष्ठले  निमार्ण कम्पनिका प्रमुख राज कुमार भतmराज लाई समयमा नै काम सम्पन्न गरेकोमा धन्यबाद   समेत दिएका थिए ।

कार्यक्रमामा संचारकर्मी र स्थानिय बाशिन्दाको समेत उपस्थिति रहेको थियो । पुल निमार्ण भएपछि इलाम सदरमुकामदेखि साड.रुम्बा हुदै जीतपुर र मंगलबारे जोड्ने सडकको दुरी पनि घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार