शरणार्थी सम्वन्धी कार्यशाला गोष्ठि इलाममा

इलाम  : शरणार्थी र सयुक्त राष्ट्र संघीय उच्चायुक्त सम्वन्धी दुई दिने कार्यशाला गोष्टि इलाममा आजबाट सुरु भएको छ ।

मिडिया एक्सन नेपाल र शरणार्थी सम्बन्धि सयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालयद्वारा आयोजित कार्यशालामा झापा, मोरंग र इलामका पत्रकार महासंघका अध्यक्ष सहित ३१ पत्रकारहरुको सहभागिता रहेको छ ।

गोष्ठिलाई संचार बिज्ञ तथा मिडिया एक्सन नेपालका अधक्ष लक्ष्मणदत्त पन्त, शरणार्थी सम्बन्धि सयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालयका दिपेशदास श्रेष्ठ र माधव प्रसाद गौतमले सहजीकरण गरिरहनु भएको छ । त्यस्तै पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले स्थानीय सन्दर्भमा प्रस्तुति शरणार्थी सम्नन्धी जानकारी गराउनु हुने कार्यक्रम तय भएको छ ।
गोष्ठिमा आज नेपाल तथा विश्वमा रहेका शरणार्थीका बारेमा चर्चा समेत भएको थियो । गोष्ठि भोली समापन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार