बेलायतमा गोरा महिलाको तुलनामा काला महिलालाई स्तन क्यान्सर हुने सम्भावना करिब दोब्बर पाइएको छ ।युके क्यान्सर रिसर्च र इङल्यान्ड पब्लिक हेल्थले गरेको नयाँ अध्ययनले अमेरिकी २५ प्रतिशत काला महिला र २२ प्रतिशत क्यारेबियाली काला महिलामा स्तन क्यान्सर गम्भीर चरणमा पाइयो । जबकि १३ प्रतिशत गोरा महिला मात्र स्तन क्यान्सरको गम्भीर चरणमा थिए । विशेषज्ञहरूका अनुसार यसका अनेकौं कारण छन् ।उटा कारण हो– स्तन क्यान्सरको लक्षण र परीक्षण गराउनु पर्छ भन्ने चेतनाको अभाव । युके क्यान्सर रिसर्चका अनुसार मेमोग्राफी (स्तन क्यान्सरको परीक्षण) गर्न बोलाउँदा परीक्षण गराउन काला महिला थोरै मात्र आए ।
स्तन क्यान्सरको समयमै अर्थात लाग्नासाथै पहिचान भए प्रभावकारी उपचार गर्न सकिन्छ र निको पनि हुन्छ ।लिड्सको एउटा समूह स्तन क्यान्सर लागेका अफ्रिकी र क्यारेबियाली काला महिला तथा उनीहरूका आफन्तलाई सहयोग गर्छ ।
एक जना काली महिलाले भनिन्, ‘हामीमध्ये अधिकांश महिला स्तन क्यान्सरको कुरामा चुप लाग्छन् । मैले पनि त्यसै गरें । स्तन क्यान्सरको उपचार गराउनु पर्छ भन्ने मलाई कहिल्यै लागेन ।’
अर्कीले भनिन्, ‘मैले सयौं त्यस्ता महिला भेटेकि छु, जसले आफ्नो शरीर (स्तन)मा केही गडबड भएको अनुभूति गरे पनि कसैलाई केही बताउँदैनन् र भगवानसँग प्रार्थना गर्छन्– प्रभु मलाई निको पारिदिनुहोस् ।’
सन् २०१२–१३ को तथ्यांकले स्तन क्यान्सरका धेरैजसो केस रोग लाग्नासाथै वा भनौं सुरुवातमा नै पहिचान हुन्छ ।युके क्यान्सर रिसर्चकी जुली सार्पले स्तन क्यान्सरको पहिचान गर्न सुझाव दिएकी छन् ।



















































