इलाममा क्षमता भन्दा दोब्बर कैदीबन्दी (भिडियो सहित)

नयाँ बुलन्द

इलाम : नमुना सुधार गृहको रुपमा निर्मित जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएका छन् । एक सय पुरुष र २५ जना महिलाको क्षमता रहेको कारागारमा अहिले दुई सय ४६ कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा बढि कैदीलाई कोचेर राख्नुपर्दा विभिन्न खालका समस्या उत्पन्न हुने गरका छन् ।

अन्यत्रबाट समेत कैदी ल्याउने क्रम नरोकिएपछि कैदीलाई कोचेर राख्नुपर्ने अवस्था सिर्जना भएको कारागार प्रशासनले जनाएको छ । कारागारमा धेरै कैदी हुँदा खानेपानी, सरसफाई, खेलकुद सामग्री, पाठ्यसामग्री लगायताको व्यवस्थापनमा कठिनाई भएको निमित्त जेलर सिर्जना र्लुटेलले बताइन् । ‘धेरै जनालाई एकैठाउँमा कोचेर राख्नुपर्दा स्वभाविक रुपमा समस्या हुने नै भए’ निमित्त जेलर लुईटेललने भनिन्, ‘कैदीलाई खानेपानी, सरसफाई, उपचार, पाठ्यसामग्री र खलकुद लगायतका व्यवस्थापना समस्या छ ।’

कारागारमा अहिले दुई सय ३१ पुरुष र १५ जना महिला कैदीहरु छन् । जसमध्ये ७ जना जेष्ठ नगरिक समेत छ । कारागारमा २० वर्षसम्म कैद सजाय सुनाईएका कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, मानव बेचबिखन, लागू औषधलगायत मुद्धाका कैदीहरु छन् ।

इलामसँगै झापा, मोरङ, झुम्का, उदयपुर, पाँचथर, ताप्लेजुङलगायतबाट कैदीलाई इलाम कारागारमा राखिएको छ । साथै अन्य जिल्लाबाट समेत कैदी पठाउने गरिएकाले समस्या आएको कारागार शाखाले जनाएको छ ।

अपराधका घटनामा वृद्धि भएकाले नै कैदीको संख्यामा समेत वृद्धि भएको निमित्त जेलर लुईटेल बताउँछिन् । ‘दिनानुदिन अपराधका घटनामा वृद्धि भईरहेको छ । राज्यले यसको न्युनीकरण गर्न सकिरहेको छैन’ उनी भन्छिन् ‘कि त अदालतबाट कैद सजाय सुनाईएका लाई छोडिदिनुपर्यो, कि त कोचेरै भए पनि राख्नै पर्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार