नयाँ बुलन्द
इलाम : विभिन्न शैक्षिक मागसहित आन्दोलनमा उत्रिएको संयुक्त विद्यार्थी संगठनले शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियन सम्मिलित संयुक्त विद्यार्थी संगठनले विहीबार प्रहरीको घेरा तोडेर तालाबन्दी गरेका हुन् ।
तालाबन्दीका क्रममा प्रहरी र विद्यार्थी संगठनबीच सामान्य झडप समेत भएको थियो । प्रहरीले संयुक्त विद्यार्थी संगठनलाई शिक्षा कार्यालय प्रवेशमा रोक लगाएपछि झडप भएको थियो । प्रहरीले विद्यार्थीलाई कार्यालय परिसरमै रोकेपछि विद्यार्थीले शिक्षा र प्रहरी विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।























































