नगर कार्यपालिकाद्वारा विभिन्‍न निर्णय पारित

नयाँ बुलन्द

इलाम : इलाम नगर कार्यपालिकाको सोमबारको बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ ।

बैठकले इलाम सदरमुकाम ९खलंगा० स्थापना भएको २ सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भएको भगिनी सम्बन्धको विस्तार र सहकार्यको लागि इलाममा उत्पादित चिया प्रर्दशनी तथा विक्रीग र्ने गरी इलाम टी एक्सपो २०७५ वैशाख १९, २० र २१ गते धरानमा गर्ने निर्णय भएको छ ।

टी एक्सपोको अवसरमा इलामले बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत रहनेछन् । टी एक्स्पोमा इलाममा उत्पादित चियाहरुको स्टलहरु राखिनेछ । त्यसैगरी इलाम नगरपालिकामा रहेका धार्मिक संघसंस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता संघ संस्थाहरुको लगत उतार गरी दर्ताको प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ ।

स्थानीय तहमा उपभोक्ता समिति गठन र परिचालन सम्बन्धी कार्यविधि २०७५ समेत कार्यपालिकाको बैठकले पारित गरेको नगरका प्रवक्ता ठाकुरनारायण श्रृष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार