हिलिहाङ महोत्सव तयारी पूरा

मुख्य मन्त्री राईले उद्घाटन गर्ने

कृष्ण ओझा 

पाँचथर : हिलिहाङ गाँउपालिकाको आयोजना हुने प्रथम ऐतिहासिक हिलिहाङ महोत्सव २०७५ को तयारी पूरा भएको छ । उक्त महोत्सव बैशाख २४ देखि २८ गतेसम्म मनाइनेछ । महोत्सवलाइ प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने  हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई महोत्सवमा प्रमुख अतिथि बनाउने तयारी भएको थियो ।

यद्दपि, भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कारण प्रधानमन्त्रीको समय अभावले गर्दा उपस्थित हुन नसक्ने जानकारी प्रधान मन्त्रीको सचिवालयले दिए पछि मुख्यमन्त्री राईले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे हाे । उक्त महाेत्सवका लागि  प्रदेशसभाका सांसद आशारत्न जबेगु र सिता थेवे लगायतले विशेष चासाे व्यक्त गरेकाे हिलिहाङ गाँउपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिए ।

महाेत्सवकै लागि नेकपा एमाले हिलिहाङका संयोजक भवानी लिङ्देन, नेपाली काँग्रेसका क्षेत्रीय सभापति समरबहादुर अधिकारी, वडा नं-१ का वडाध्यक्ष गोपिकृष्ण भण्डारी, वडा नं-३ का वडाध्यक्ष मदन गौतम, प्रमुख प्रसाशकीय अधिकृत टार्जनकुमार लिम्बु, महोत्सव आयोजक समितिका सचिवालय सदस्य मनी लिङदेन, विशाल योङहाङ, सुवास भट्टराई लगायतले  पनि  विशेष याेगदान पुर्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार