विविसी हाङखिम
सन्दकपुर : इलामको एक आधारभूत विद्यालयलाई स्थानीय समाजसेवी राजबहादुर पुमा राई र रामकुमारी पुमा राई दम्पतिले नगद सहयोग गरेका छन् ।
जिल्लाको सन्दकपुर गाउपालिका वडा नम्बर २ माइमझुवाको सरस्वती आधारभूत विद्यायलाई राई दम्पतिले एक लाख एक हजार एक सय एक रुपैयाँ सहयोग गरेका हुन् ।स्थानीय गरिब तथा जेहेन्दार वि
द्यार्थीहरु आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेको राई दम्पतिले बताएका छन् । विद्यालयमा आयोजित कार्यक्रममा राई दम्पतिले विद्यालयलाई नगद रकम हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकमान राईको अध्यक्षता र वडा अध्यक्ष गिरिराज खनालको प्रमुख आतिथ्यमा राई दम्पतिले विद्यालयलाई रकम हस्तान्तरण गरका हुन् ।
वडा अध्यक्ष खनालले शिक्षकहरुलाई आफ्नो पेशाप्रति जिममेवार बन्न सुझाएका थिए ।