काठमाडौं : काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन ।
महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको धानुकले बताए ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखेर अहिले प्रहरीले बयान लिइरहेको छ ।
अनलाइनखबरबाट






















































