आलु बिक्रि नभएपछि इलामका किसानलाई चिन्ता

इलाम : इलामको उत्तरी क्षेत्रका किसानहरु आलु नविकेर समस्यामा परेका छन् । उत्तरी इलामको सन्दकपरर गाँउपालिका ५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीहरु मार्फत आलुको विऊ कृषकहरुलाई वितरण गरेको तर त्यसबाट उत्पादन भएको आलुमा भने समस्या देखिएकाले बिक्री नभएको कृषकहरुको गुनासो छ ।

इलामको सन्दकपुर गाँउपालिका पाँच जमुनामा अवस्थित चोयाटार सहकारी संस्था मार्फत २५ मन आलुको विउ ३२ घरका कृषकले रोपेका थिए । जनकदेव नामको रातो आलु त्यस्तै खुमल जातको सेतो आलु दुई हजार छ सयमा सहकारी मार्फत ल्याएर उत्पादन गरिएको तर आलुभित्र खोक्रो हुने र धेरै समयसम्म राख्दा कुहिने समस्याका कारण आलुले बजारीकरण नपाएको कृषकहरु गुनासो गर्छन् ।

जौबारी कृषि अनुसन्धान केन्द्रबाट ल्याएको आलुको विऊको उत्पादन राम्रो भएतापनि भित्र खोक्रो हुने लगायतका समस्याका कारण स्थानीय स्तरमा उत्पादन हुने आलुको जस्तो बिक्री नभएको कृषकहरु बताउछन् ।

आलु विकास केन्द्रबाट ल्याएको बिऊको भने माग नै नआउने तर स्थानीय स्तरमा उत्पादन भएको आलुको एक हजार एक सय खुद्रा मुल्यमा घरबाट नै बिक्री हुने भएकाले बजारीकरणमा कुनै समस्या नभएको कृषकहरुको भनाइ छ । तर उन्नत जातको आलुको भने बजारमा माग नै नहुने भएकाले उत्पादन भएको आलुको बजार कहाँ पाउने भन्ने समस्या कृषकहरु बताँउछन् ।यस्तै जौबारी कृषि अनुसन्धान केन्द्रका जेटीए बालमुकुन्द पैकाराका अनुसार कृषहरुले रासायनिक पदार्थको प्रयोग गर्न नजानेर आलुमा समस्या आएको बताएका छन् ।

उनले आलु विकास केन्द्रले वितरण गरेको बिऊको अनुसन्धान गर्दा एक किलो बिऊबाट २२ किलो सम्म उत्पादन भएको बताए । उनले कृषकहरुले उत्पादन गरेको आलुको बजारीकरणमा कृषकहरुले नै पहल गर्नुपर्ने साथै जिल्ला कृषि कार्यालयले समेत जोड गर्ने बताए ।
उत्तरी क्षेत्रमा उत्पादन हुने आलुको बिऊ वितरण गरेकाले गर्मि मौसममा कुहिने समस्या हुन सक्ने बताए । कृषि अनुसन्धान केन्द्र जौबारीबाट पाँच सय मन आलुको विऊ वितरण भएकोमा तीन सय मन आलु आलु विकास केन्द्र जौबारीमा रोपिएको थियो ।

जसमध्ये डेजिरे,जनकदेव जस्ता तीन प्रकारका रातो र खुमल लगायत छ किसिमका सेतो आलुका जातहरु कृषकलाई वितरण गरिएको थियो । उत्तरी इलामका सन्दकपुर गाँउपालिकाका जमुना,माबु लगायतका स्थलहरु त्यस्तै माईजोगमाई गाँऊपालिकाका प्याङ्ग,नयाँबजार लगायतका उत्तरी भेगका कृषहरुलाई सहकारी मार्फत वितरण गरिएको क्षेत्रमा अनुसन्धान गर्दा आलुको उत्पादन भने उत्कृष्ट भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार