देउमाई नगरपालिकामा चुनावी सरगर्मी बढयो

नयाँ बुलन्द

मंगलबारे : आसन्न स्थानिय तहको निर्वाचनमो देउमाई नगरपालिकामा नेपाली काग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उमेद्धवार छनौट गरि चुनावी प्रचारमा लागेपछि देउमाई हरेक वडामा दिनैपिच्छे दलहरुका चुनावी कार्यक्रम हुँदै आएका छन् । नेपाली काग्रेसले देउमाई नगरपालिकाका सबै वडामा वडा भेला सम्पन्न गरि घरदैलो कार्यक्रम गरिरहेका छन् ।

वडाका केन्द्र र टोलमा कोणसभा, र्यालीको आयोजना गरिँदै आएको नेपाली काग्रेस मेयरका उमेद्वार होम दुललाले बताए । काग्रेसले देउमाईको उप मेयरमा सुर्यमाया र्राईलाई उमेद्धवार बनाएको छ । नेकपा एमालले पनि चुनावी प्रचारप्रसारलाई त्रि्रता दिएको छ .

एमाले मेयरका उमेद्धवार सुर्य पोखरेलका अनुसार पार्टी आफ्ना उमेद्वारलाई जिताउन वडा भेला, घरदैलो अभियान र कोणसभाहरु गर्दै आएको बताए । यस्तै माओवादी केन्द्रले वडा भेला गरि पार्टीको वडा कमिटी गठन गरि प्रचारप्रसार गर्दै आएको मेयरका उमेद्वार राम र्राईले बताए ।

माओवादी केन्द्रले देउमाईको उप मेयरमा शान्ता बस्नेतलाई उप मेयरको उमेद्धवार बनाएको छ । सबै वडामा प्रचारप्रसार समिति निर्माण गरिे घरदैलो कार्यक्रम गरिरहेको माओवादी केन्द्रका उम्मेद्वार राम र्राईले बताए ।

देउमाईमा राप्रपा, संघीय समाजवादी फोरम लगायका साना पार्टी पनि चुनावी प्रचारप्रसारलाई त्रि्रता दिएका छन् । पुरानो संरचना अनुसार ५५ वडा मिलेर बनेको देउमाई नगरपालिकामा हाल नौ वटा वडा रहेका छन् । देउमाई नगरपालिकामा २१ हजार ६ सय २३ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार