नरेन इलामेली
माइजोगमाई : नेकपा माओबादी केन्द्र माइजोगमाई गाउँपालिका वडा नम्बर १ नयाँबजारले आफ्नो वडाका लागि तर्फबाट सम्पुर्ण उम्मेदवारहरु तय गरेको छ ।
माओवादीले वडा अध्यक्षका लागि शालिग्राम पौडेल, दलित महिला सदस्यका लागि नेत्रकला दियाली र महिदा सदस्यमा सरिता भण्डारी तथा खुल्ला सदस्यहरुमा मात्रिका भट्टराई, प्रसादसिंह राईलाई चयन गरेको छ ।
साथै अशोक अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति समेत गठन गरिएको अध्यक्ष पदका उम्मेदवार शालिग्राम पौडेलले जानकारी दिएका छन ।सो वडामा नेकपा एमाले र नेपाली काङ्ग्रेसले यस अघि नै उम्मेदवारहरु सिफारिस गरिसकेको छ ।
नेकपा माओबादी केन्द्र वडाका संयोजक झुलेन्द्र पौडेलको अध्यक्षता र नेकपा माओबादी केन्द्र गाउपालिका समन्वय समितिका संयोजक कुबिर राईको प्रमुख आतिथ्यता तथा देविभक्त सिवाकोटीको विशेष आतिथ्यतामा बसेको वडा कार्य समितिको बैठकले सर्वसम्मत रुपमा उम्मेदवारहरु तय गरेको हो।