सुर्योदयमा सडक महोत्सवको आयोजना

नयाँ बुलन्द

फिक्कल : स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन गर्ने उदेश्यले चैत्र २९ देखि दुर्इ दिने सडक महोत्सवको आयोजना गरिने भएको छ ।

एक लाख पर्यटक भित्राउने लक्षका साथ हुन लागेको महोत्सवमा संगित र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने लक्ष राखिएको हो ।  सुर्योदय होटल व्यवसायी संघको आयोजनामा हुने महोत्सवमा पूर्वी इलाममा रहेका धार्मीक, सास्कृती पर्यटकीय सम्भावनाहरुको प्रचार प्रशार गर्ने उदश्य राखेको संघका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा सने गुरुङ्ग तथा व्याण्ड,सुगम पोख्ररेल,मेलिना र्राई,कालीप्रसाद बाँस्कोटा,मनोज गजुरेल, भूगोल दाहाल तथा किताब व्याण्ड, साथै स्थानीय कलाकारहरुको दुबैदिन बेजोड प्रस्तुती रहने संघका सचिव युवराज प्रधानले जानकारी दिए ।

महोत्सवमा पूर्वाञ्चलका ५० वटा स्टल राखेर विभिन्न प्रकारका खानाका स्वादहरु चखाइने श्रेष्ठले बताए । महोत्सवमा प्लाष्टिकका प्लेट निरुत्साहित गरेर टपरी र कागजका प्लेटहरु प्रयोग उनले बताए ।

महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका चिया,दुग्ध, अचारका परिकारहरुका स्टलहरु राखिने अध्यक्ष श्रेष्ठले बताए महोत्सवमा विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्य परिक्षण, रक्त दान, जनजातीका परिकार, सास्कृतीक झाकी र मनोरञ्जनात्मक खेलहरु पर््रदशन तयारी गरिएको छ ।
महोत्सवको अवसरमा पर्यटकीय स्थलहरुको भ्रमणः पर्यटकलाई कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, कन्याम, पञ्चकन्या मन्दिर लगायतका पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना रहेको छ ।

इलामका पर्यटकीय क्षेत्रको सुचना दिनका लागि सूचना केन्द्रको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार