जुस पिएर डा. केसीले अनसन तोडे

गोबिन्द केसीले तोडे आमरण अनशन

काठमाडौ:प्राध्यापक डाक्टर गोविन्द केसीले माग सम्बोधन हुने भएपछि आमरण अनशन तोडेका छन् ।

शिक्षण अस्पतालकै बिरामीको हातबाट जुस पिउँदै डाक्टर केसीले आफ्नो १६ दिन लामो आमरण अनसन सोमबार तोडेका हुन् ।  केसीले शिक्षण अस्पतालनमा हाड जोर्नीका बिरामी सिन्धुपाल्चोकका पाँच बर्षिय सरोज नेपाली र गोर्खाका छेवाङ नर्वु लामाको हातबाट जुस पिउदै अनसन तोडेका हुन् । आफू देशको सुशासन, शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने गरेको भ्रष्टचारको विरुद्धमा सधै लडिरहने र कायम गरेर नै छाड्ने केसीको प्रतिक्रया रहेको छ ।
आइतबार सरकारले डाक्टर केसीले राखेका चार माग पुरा गर्ने प्रतिबद्धता जनाएको थियो । माग सम्बोधनका लागि सरकारले लचकता अपनाएपछि केसीले पनि आफनो अनशन सोमबार तोडेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार