अनेरास्ववियु क्याम्पस अध्यक्षमा गुरुङ्ग

नयाँ बुलakhilन्द

इलाम : अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको २७ औं क्याम्पस सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट मानबहादुर गुरुङ्को अध्यक्षतामा ३९ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा विशाल राई, सचिव रविन बस्नेत, सहसचिवहरु शोभित शंकर, बर्षा बाँस्तोला र चन्द्रकला लुईंटेल तथा कोषाध्यक्षमा अर्जुन लिम्बु निर्वाचित भएका छन् ।

सम्मेलन आयोजक कमिटी संयोजक मानबहादुर गुरुङ्को अध्यक्षता, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य रविन्द्र सुवेदीको प्रमुख आतिथ्यता र नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य एवम् विद्यार्थी इन्चार्ज नवराज शंकरको विशेष आतिथ्यतामा भएको सम्मेलन उद्घाटनका अवसरमा अनेरास्ववियुको रापस सिर्जना पराजुली, जिल्ला संयोजक इश्वरी तामाङ्, निमित्त क्याम्पस प्रमुख, प्रगतिशील प्राध्यापक संगठनको अध्यक्ष कुमार सुवेदी तथा अन्य विद्यार्थी संगठनका प्रतिनीधिहरुले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार