कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले कालाकारिता र पत्रकारितामा क्षेत्रीले पुराएको योगदान उच्च रहेको बताए । उनले क्षेत्रीको छोराको पठनपाठनका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । हमालले भन्नुभन, ‘स्वार्गीय क्षेत्रीले गीत संगीत र पत्रकारितामा पुराएको योगदान बास्तवमै उच्च छ उहाँको छोराको पठन पाठनका लागि सक्दो सहयोग गर्न नेपाली कन्सुलेट पोर्चुगल पूर्ण तयार छ ।’
एनआरन अध्यक्ष केसीले क्षेत्रीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै उहाँको निधनले निकै दुःख लागेको बताए । उनले भने,’ क्षेत्रीसँग मेरो सम्बन्ध निकट थियो, उहाँको निधनले निकै दुःखी छुँ, अहिले कालाकारिता र पत्रकारिता विकृत बनेको छ, त्यस्तो विकृतका विरुद्ध उहाँ सधै लाग्नु हुन्थ्यो त्यसको अभाव सधै खट्कने छ ।’
कार्यक्रम संयोजक दीपक पौडेल र कलाकार संघका अध्यक्ष दीपक सुवेदीले कला क्षेत्र र पत्रकारिता क्षेत्रमा क्षेत्रीको स्थान सधै उच्च रहने भन्दै उनको छोराको शिक्षा दिक्षाका लागि भविष्यमा सक्दो सहयोगका लागि पहल गर्ने बताएको नागरिकमा खबर छ ।