चित्रवन प्राकृतिक चिकित्सालय सञ्चालनमा

चितवन : चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर १२ स्थित आस्थाचोकमा अध्याधुनिक प्रबिधि सहितको चित्रवन प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ ।

दीर्घ रोगहरुको सफल उपचार गर्न र आधुनिक जीवन शैलीलाई स्वस्थ्य र तन्दुरुस्त राख्नको लागी यो चिकित्सालय सञ्चालनमा ल्याइएको हो । यहीं कार्तिक महिनाबाट विरामी एवं सेवाग्राहीलाई सबै सुविधा दिने उद्देश्यले चिकित्सालय सञ्चालनमा आएको हो । तीन जना सञ्चालकको संयुक्त लगानीमा करीब साँढे ५ कठ्ठा क्षेत्रफलमा चिकित्सालय अवस्थित छ । चिकित्सालयको वरीपरी हरियाली वातावरण, महिला तथा पुरुषहरुको लागि बेग्लाबेग्लै फिजियोथेरापी, थेरापी कक्षका साथै स्पा तथा साउना बाथ कक्षको समेत व्यवस्था गरिएको छ ।

रोगीलाई निरोगी बनाउन र निरोगीलाई दीर्घजीवी बनाउने उद्धेश्यले चिकित्सालय सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल निर्देशक डाक्टर विशाल सापकोटाले बताए । उनका अनुसार अस्पतालमा कुनैपनि औषधी तथा रसायनको प्रयोग नगरिकन विभिन्न अत्याधुनिक प्रविधि अनुसार विरामीको उपचार गरिन्छ ।

हाइड्रो थेरापी, अक्युपञ्चर, फिजियोथेरापी, मसाज थेरापी , योग पद्धति, मड थेरापी लगायतको सुविधा रहेको छ। बढ्दो आधुनिक जीवनशैली तथा अस्वस्थ खानपानलाई लाई व्यवस्थापन गर्नको लागि अस्पतालले पोषण तथा सन्तुलित भोजनको लागि विरामीलाई परामर्श दिदै आएको सापकोटा ले बताए । चिकित्सालयमा मोटोपन, सुगर, थाइरोइड, प्रेसर , प्यारालाइसिस, हाडजोर्नी तथा नशासम्बन्धी नसर्ने रोगको उपचार गरिन्छ । उक्त चिकित्सालयमा दीर्घरोगीका साथै उद्योगी व्यवसायी एवं पेशाकर्मीको व्यस्त दैनिकीलाई मध्यनजर गरी विशिष्ट सेवाहरुपनि दिदै आएको चिकित्सालयका प्रबन्ध निर्देशक लक्ष्मण थापाले जानकारी दिए ।

अस्पतालमा बिशेष सेवाहरु अन्र्तगत हेल्थ स्पा, मसाज थेरापी, रिल्याक्सेसन मसाज , साल्ट मसाज र भाइब्रो मसाज को सुविधा रहेको छ । यस्तै, उच्च तथा मध्यमवर्ग लाई लक्षित गर्दै अस्पतालले डिलक्स हाइड्रो मसाज , स्टिम बाथ, कोलोन हाइड्रो थेरापी , सोना बाथ, शिरोधारा ,हटस्टोन मसाज,पाउडर मसाज र नेचुरल प्याकको समेत सुविधा रहेको थापाले जानकारी दिए। सेवालाई प्रभावकारी बनाउन आरामदायी कक्ष सहित अत्याधुनिक डिजीटल मेशीनहरुको प्रयोग गरिएको छ ।

पछिल्लो समय दीर्घरोगहरुको उपचार र आफूलाई स्वस्थ बनाइराख्नको लागि मानिसहरु प्राकृतिक चिकित्सामा आर्कषण बढिरहेको परिप्रेक्ष्यमा अस्पतालले सेवाग्राहीको आबश्यकता र चाहना अनुसार प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याईएको थापाको भनाई छ । यसको साथै दुर्घटना बाट शरीरका विभिन्न नशा च्यापिएका, हाडजोर्नीमा चोट लागेका विरामीले लामोसमयसम्म उपचार गर्नुपर्ने भएकोले यस्ता विरामीले यसपद्धतिबाट थप लाभ लिनसक्ने छन् । यसलाई थप व्यवसायीक बनाउन निकट भविष्यमा शान्त ठाउँमा करीब २ विघा क्षेत्रफलमा चिकित्सालयको विस्तार गर्ने तयारी भइरहेको थापाले बताए । अस्पतालमा ओपिडी कक्ष, थेरापी कक्ष , डिलस्क स्पा कक्ष साथै विरामीमैत्री क्यान्टीन रहेका छन भने १० वटा सुविधासम्पन्न क्याविन कक्ष रहेका छन ।

अस्पतालमा तीन डाक्टर ,८ जना थेरापिष्ट, , ३ फिजीयो थेरापिष्ट अन्य कर्मचारी गरी १८ जनाले रोजगारी प्राप्त गरेका छन । प्राकृतिक अस्पताल मध्य यो चितवनको नमुना प्राकृतिक अस्पताल रहेको सञ्चाललको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार