ईलाम सेवासमाज कतारले दोस्रो अधिवेसन तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न

ईलाम सेवासमाज कतारले गत शुक्रबारका दिन नज्मा स्थित द गोरखा रेष्टुरेन्टको सभा हलमा दोस्रो अधिवेसन तथा बिबिध सास्कृतिक कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष धनबहादुर बिश्वकर्माको अध्यक्षतामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद कतारका अध्यक्ष नबिन पोख्रेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा कतारस्थित सक्रिय संघ संस्थाका प्रमुखहरु,सक्रिय बुद्दिजिवीहरु, समाजसेवी, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो l

प्रमुख अतिथि नवीन पोख्रेलले इलाम सेवा समाजले स्थापना कालदेखि गरेका कार्यप्रगतिको प्रशंसा गर्दै छोटो समयमा गरिएको उल्लेखनीय कार्यले आफुलाई गर्व महसुस भएको बताए। आगामी दिनहरुमा समाजले उत्कृष्ठ कार्यहरुमा अग्रसर रहनेमा आफू विश्वस्त रहेको उनले बताए । शुभकामना मन्तब्यकै क्रममा नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँले सामाजिक संस्थाहरुको राम्रो कार्यको सुचना सम्प्रेसन गर्दै सदैव साझा बनेर महासंघ रहने बताए। साथै महासंघको अग्रसरतामा नेपाल कतार मैत्रीपूर्ण पर्यटन परियोजना अभियान बारे प्रस्तावित छलफल अगाडि बढाइएको र क्रमिक रूपमा सबै संघ संस्थाहरुको सहकार्यमा पर्यटन परियोजना मार्फत राष्ट्र सम्वृद्दिको दिशामा हातेमालो गर्ने जानकारी अध्यक्ष मियाँले दिएका थिए l

कार्यक्रमलाई समापन गर्दै इलाम सेवा समाजका अध्यक्ष धनबहादुर बिश्वकर्माले अधिवेसन तथा बिबिध साँस्कृतिक कार्यक्रम सफल पार्न सम्पुर्ण सहयोगी र उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिंदै आफ्नो कार्यकाल सफल गर्नमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए l समाजका महासचिब प्रेम सगर सुबेदिले समाजको पहिलो कार्यकालको कार्य प्रगति  प्रतिबेदन प्रस्तुत गरेका थिए l

कार्यक्रममा भिभिन्न सास्कृतिक प्रस्तुति हरु प्रस्तुत गरिएको थियो l ईलामेली चेली रमा आर्याल लगाएतका थुप्रै स्थानीय कलाकारले आफ्नो आफ्नो प्रस्तूति दिएका थिए l कलाकारहरुले सामाजिक काम र सस्थामा लाग्न उत्प्रेरित गर्ने नाटकपनि समेत प्रस्तुत गरिएको थियो l

कार्यक्रममा समाजलाई सहयोग गर्ने समाजसेवी तथा ब्यबसायीहरुलाई ढाकाटोपी र कदरपत्र दिई सम्ममान गरिएको थियो l

निर्वाचित नयाँ कार्यसमिति निर्विरोध:

सन्तोष वान्तवा राईको अध्यक्षतामा १३ सदस्यीय समितिको गठन गरिएको छ। प्रथम उपाध्यक्ष गोपाल न्यौपाने , द्वित्तिय उपाध्यक्ष रिता आचार्य (स्रिमन),महासचिब ज्ञानेन्द्र रसाइली,सचिब मनकुमार , कोषाध्यक्ष तोरण बस्नेत,सहकोषाध्यक्ष श्याम घिमिरे सदस्यहरुमा दिल सुबाश निरौला , प्रकाश साँवा, राम शर्मा , सौगात लिन्बु , अनिल आचार्य र टेकेन्द्र घतामि लगायत सर्वसम्मत निर्वाचित भएका छन् l

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक टि. एन बरालले शपथ ग्रहण गराएका थिए भने समाजका निबर्तमान अध्यक्ष बिस्वकर्माले खादा ओढाएर स्वागत गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार