माइजोगमाईमा बाख्रा वितरण

नरेन इलामेली

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा महिला तथा लक्षितबर्ग‌ विशेष कार्यक्रम अन्तर्गत वडा नं १ का विपन्न परिवारका महिलाहरुलाई बाख्रा वितरण गरिएको छ।

गाउँपालिकाको आर्थिक सहयोग तथा सृजना महिला समुहको‌ आयोजनामा बाख्रा वितरण गरिएको हो। सृजना महिला समुहको‌ अध्यक्ष मनमाया कार्कीको अध्यक्षता, गाउँपालिका अध्यक्ष जीत बहादुर राईको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सावित्रा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत, वडा नं १ का अध्यक्ष यामकुमार‌ कार्की लगायतको विशेष उपस्थितिमा साविक नयाँबजार गाविसका ८ वटा वडाका १/१ वटा समुहलाई जम्मा २९ वटा बाख्रा र एउटा सुँगर वितरण गरिएको र एउटा उन्नत जातको बोका प्रजननका लागि सृजना महिला समुहले नै राखेको समुहकी अध्यक्ष कार्कीले बताइन। कार्यक्रम समुहकी सचिव खिना तामाङले संचालन गरेकी थिईन।

साथै बाख्रापालन मार्फत आर्थिक उन्नतिमा सहयोग पुर्याउने उद्देश्यले बाख्रा वितरण गरिएको अध्यक्ष कार्कीले बताइन। साथै गत ७ असारमा बाख्रा पालन सम्वन्धि एकदिने गोष्ठी समेत समपन्न भएको थियो। उक्त गोष्ठीलाई पशु सेवा कार्यालय नयाँबजारका मोतिलाल कुँवर र श्याम लिम्बूले सहजिकरण गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार