वन पैदावार व्यवसायी संघ पाँचथरको अध्यक्षमा गजेन्द्र बहादुर थापा निर्वाचित

  युद्धबहादुर बोहोरा
70 Shares

पाँचथर: राष्ट्रिय पूर्वी पहाडी वन पैदावार व्यवसायी संघ, जिल्ला कार्यालय पाँचथरको नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न संघको अधिवेशनबाट गजेन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

संघको विधान बमोजिम असार ७ गते तय गरिएको निर्वाचन कार्यक्रममा सहभागी भई सबै पदहरूमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्यहरू चयन भएको निर्वाचन समितिले जनाएको छ।नयाँ नेतृत्व र पदाधिकारीहरूमा गठित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राम प्रसाद चापागाईं चयन भएका छन् भने उपाध्यक्ष द्वयमा दुर्गा कुमार भारती र मदन कुमार सुब्बा निर्वाचित भएका छन्।

यस्तै, संघको प्रशासनिक तथा आर्थिक जिम्मेवारीका लागि सचिवमा दिपेश राई, सह-सचिवमा उदय नारायण केरुङ र कोषाध्यक्षमा हिमाल सिंह तुम्रोक सर्वसम्मत चुनिएका छन्।कार्यसमिति सदस्यहरू  दीपक कुमार घिमिरे, नरवीर चेम्जोङ, दिनेश तामाङ, विनोद नेम्वाङ, कञ्चन तुम्रोक, दिपेन्द्र पुलामी मगर, जल कुमार गुरुङ र नवराज तामाङ निर्वाचित भएका छन्।

निर्वाचन समितिको कार्यालयले आधिकारिक रूपमा निर्वाचन परिणामको घोषणा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नयाँ नेतृत्वले जिल्लामा वन पैदावारको सही परिचालन र व्यवसायीहरूको हकहित संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार