फाकफोकथुम गाउँपालिका वडा नं. १ ठिङ्गेपुरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन (आ.व. २०८२/०८३)

  नयाँ बुलन्द
63 Shares

परिचय

नेपालको कोशी प्रदेशको इलामको पश्चिमी   भुभागमा रहेको फाकफोकथुम गाउँपालिकामा रहेका  ‍७ वटा वडाहरुमध्येको  एक वडा यस वडा नं. १ हो ।  बहुजातीय, वहुभाषिक, वहुधार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको उत्तर पश्चिम दिशामा पाचँथरको फाल्गुनन्द र मिक्लाजुङ  अन्य सिमना फाकफोकथुम कै २ नं र ३ नं वडा जोडिएको छ  । संघीय संरचनाको निर्माण हुने क्रममा साविक फाकफोक गा.वि.स.को वडा नं. १ -४  देखि वडा नं  र आमचोक को ७-९  सम्मका वडाहरु मिलेर फाकफोकथुम गाउँपलिका वडा नं. १ निर्माण भएको हो । यस वडा नं. १  को क्षेत्रफल २२।२६ वर्ग किलोमिटर रहेको छ भने , घरधूरी संख्या ८५७ रहेको छ । वि.स. २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३४६१ जना रहेको छ, जसमा पुरुषको संख्या १७३० जना र महिलाको संख्या १७३१ जना र लैङ्गिक अनुपात ९९.९४ प्रति महिला रहेको छ । यस वडा न. १ भौगोलिक हिसावले पहाडी क्षेत्रले ओगटेको छ । यहाँका अधिकांश बासिन्दाहरु कृषि  तथा पशुपालन पेशामा संलग्न रहेका छन् । व्यवसायिक रुपमा कृषि फर्महरु पशु फर्महरु दर्ता गरेर कृषि ,पशु र व्यपारलाई जिवन निर्वाह संगै आम्दानीको प्रमुख स्रोत बनाएका छन । यस क्षेत्रको मुख्य आर्थिक आय आर्जनका स्रोत अन्तर्गत घ्यू, छुर्पी, चिया, अम्लिसो, अदुवा, अकवरे खोर्सानी, किवि, अलैची, पशुपालन तर्फ गाई, बाख्रा, खसि , सुंगुर ,भैसि लगाएतका पशुजन्यहरुको उत्पादन बिक्रिवितरण र निर्यात   रहेको पाइन्छ ।  शैक्षिक क्षेत्र अन्तर्गत यस १ नं. वडामा ७  वटा सामुदायिक विद्यालयहरु रहेका छन् जसमा २ वटा माध्यमिक तहको विद्यालय रहेको छ भने बाँकि ५ वटा आधारभूत तहका विद्यालयहरु रहेका छन् । स्वास्थ्य तर्फ सुविधा १ सामुदायीक स्वास्थ्य इकाई रहेको  छ ।विकासशिल अवस्थामा रहेको यस वडा नं १ विकासको फड्को मार्ने अवस्थामा रहेको छ। यो वडा धार्मिक तथा प्रर्यटकिय रुपमा आफैमा एउटा अनुपम उदाहरण हो, यहाँ रहेका  धार्मिक तथा पर्यटकिय क्षेत्रमा कालीदेवी लुङसुङदाङ,सिंहदेवी मन्दिर , ज्ञालदिलदास गुफा चित्रे,कमलपोखरी उत्तरे ,नामतोक डाँडा, फुङसिङ डाँडा जस्ता पर्यटकिय सम्भावना बोकेका स्थानहरुले फाकफोकथुम गाउँपालिकाको समग्र पर्यटन क्षेत्रलाई  प्रबर्द्धन गर्न सकिने अवस्था देखिन्छ ।

सेवा प्रवाह-

फाकफोकथुम गाउँपालिका वडा नं. १ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छः

  • सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको ।
  • पहिले आउने सेवाग्राहिलार्इ पहिलो सेवा प्रवाह गरिएको साथै अपाङ, जेष्ठ नागरिक तथा  वालवालिकाहरुको सेवाकोलागि पहिलो प्राथमिकतामा राखिएको छ ।
  • राजस्व प्रणाली अन्तर्गत भुमीकर, आम्दानी तथा सेवा शुल्कलार्इ अनलाइन मार्फत सेवा प्रदान गरिएको छ ।
  • योजना सम्झौतासँग सम्बन्धित आवश्यक कागजात वडा कार्यालयबाट नै तयार गरिदिने व्यवस्था मिलाइएको छ ।
  • सेवाग्राहीलाई सेवा लिदा आवश्यकथता अनुसार कागजातका फोटोकपी र योजनासँग सम्बन्धित आवश्यक कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
  • कामको शिलशिलामा जिल्ला सदरमुकाम, इलाका प्रशासन कार्यालय, भुमि प्रशासन कार्यालय तथा अन्य कार्यालय पुगेर प्रमाणित कागजाहरु आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा ग्राहिको हितमा कामकाज गरिएको छ ।
  • अत्यावश्यक कामको लागि सार्वजनिक विदाको दिन समेत सेवा प्रवाह  गरिएको छ ।
  • उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगावै सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक भेरिफिकेशनको लागि वडाको विभिन्न स्थानहरुमा शिविर सञ्चालन गरिदै आएको छ ।
  • सम्पूर्ण योजनाको कामको प्रत्यक्ष प्राविधिकको निगरानी बाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट अनुगमन तथा मुल्याङन गरी र पाँच लाख भन्दा माथि का योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिदै आएको छ ।
  • नागरिकताको प्रमाणपत्रको सिफारिसको लागि अनलाईन प्रणाली मार्फत सिफारिस गर्ने गरिएको छ ।

 यस वर्षमा  देखिएका हालसम्म भएको केहि मुख्य कार्य प्रगतिहरु

  • संघ र प्रदेश सरकारको सहयोगमा र गाँउपलिकाको साझेदारी समेतमा आमचोक -ठिङ्गेपुर,दशमी -कुवापानी ,उत्तरे -लुङसुङदाङ,पञ्चमी तमाखे  जस्ता प्रमुख सडकहरुको स्तरोन्नती कार्य अन्तीम चरणमा पुगेको छ।
  • भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीकोहरुको लगत संकलन कार्य सम्पन्न भइ गाँउपलिकावाट अनलाईन प्रविष्टि गर्ने कार्या समेत सम्पन्न  भएको छ ।
  • वर्षातका सहि गत असोज महिनामा परेको अविरल वर्षाको कारण वडा भित्रका बिग्रेका भत्केका सम्पुर्ण सडकहरुको मर्मत सम्धार तथा सरसफाई गरि सञ्चालन गरिएको छ ।
  • किसान सूचिकरण तथा गरिब घरपरिवार पहिचान कार्य सम्पन्न भएको छ।
  • अबिरल बर्षाले वडा भित्र पुर्याएको क्षतिको विवरण संकलन, सर्जिमिन मुचुल्का लगाएत आवश्यक प्रक्रिया पुरा गरि राहतको लागि गाउँपालिका तथा जिल्ला पठाउने कार्य सम्पन्न भएको ।

 विकास निर्माण-

फाकफोकथुम गाउँपालिका वडा नं १ को लागि आ.व. २०८२/०८३ को गाउँपालिकास्तरिय योजनाहरुः

क्र.स. योजना/ कार्यक्रम विनियोजित रकम रु हजार कैफियत
आमचोक शंकरचोक -ठिङ्गेपुर खाम्वाङ सडक ३२ लाख निर्माण सम्पन्न
छायादेवि चुक्रुम्वा वडा कार्यालय ८ लाख निर्माण सम्पन्न
छाया देवि मा.वि गेट निर्माण १,लाख ५० हजार निर्माणाधिन

फाकफोकथुम गाउँपालिका वडा नं. १ को आ.व. २०८२/०८३ मा वडा सिलिङ बाट विनियोजित योजनाहरु

वडा कार्यालय, सामुदायीक स्वास्थ्य इकाई, प्रहरी चौकी  ( चालु खर्च )प्रशासनिक खर्च  जम्मा रु(प्रति हजारमा) ९००।–

पुजिगत खर्च तर्फ

क्र .स कार्यक्रमको /योजनाको नाम बजेट कैफियत
कृषि ,पशु विकास तथा प्रवर्धन ४,००,०००। गोठ , खोर निर्माण कार्याक्रं भईरहेको
गरिव संग विश्वेश्वर कार्यक्रम १,००,०००। सम्पन्न भएको

पुर्वधार विकास तर्फ

क्र.स.

 

कार्यक्रमको /योजनाको नाम बजेट कैफियत
१ नं. वडाको सडक सरफाई ६,००,०००। सम्पन्न भएको
विद्यालय भौतिक संरचना मर्मत ३,७५,०००।(सिद्धज्योति १,२५०००।,ज्योति आवि-५० हजार,जनसिद्द आवि ६१,६००) सम्पन्न भएको
तमसीघाट पर्खाल निर्माण १,५०,०००।  
सिंह देवी मन्दिर निर्माण २,००,००० । सम्पन्न भएको

लक्षित वर्ग

लक्षित वर्ग ३,७५,०००। दलित ,जनजाती,महिला,अपाङ र युवा तथा खेलकुद प्रत्येक लाई ७५००० को दरले

 खानेपानी तथा अन्य

धर्मद्वार गुफा मर्मत संभार १,००,०००। सम्पन्न भएको
सिहदेवी पञ्चकान्य मन्दिर ५०,०००। सम्पन्न भएको
खाम्वाङ खोप केन्द्र शौचालय निर्माण १,००,०००। सम्पन्न भएको
काली देवी मन्दिर व्यवस्थापन १,५०,०००। सम्पन्न भएको
वडा कार्यलय रङ्ग रोगन तथा व्यवस्थापन २,००,०००। कार्यन्वयनको चरणमा रहेको

 कृषि तथा पशु तर्फ

क्र.सं.  योजनाको नाम  विनियोजित रकम रु हजारमा कैफियत
गोठ सुधार योजना  

४००

सम्पन्न भएर अनुगमन र भुक्तानी बाँकि
कृषि प्रवर्द्धन कार्यक्रम १०० कार्यन्वयनमा रहेको
जम्मा  

 पशुतर्फ खोप कार्यक्रम सञ्चालनमा- ५ हजार भन्दा बेसी  साना ठुला  पशुलाई भ्याक्सिन लगाईयो ।

जसमा-

  • २५०० पशुलाई खोरेत विरुद्धको खोप लगाईएको
  • ४२२ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको
  • १५०० साना पशुलाई PPR भ्याकसिन महामारी बिरुद्धको खोप लगाईएको
  • ६५ वटा पशुलाई रेबिज बिरुद्धको खोप लगाईएको
  • २५० पशुलाई स्वाइन फिभर बिरुद्धको खोप लगाईको

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम तर्फ

 

क्र.स. योजनाको नाम विनियोजित रकम रु  हजारमा कैफियत
 

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम

 

६३० १ नं. वडा भित्रका रहेका अबिरल बर्षाको कारणले बिग्रिएका भत्केका  १  वटा कुलो मर्मत सम्भार तथा पुनः निर्माण गरि सञ्चालन गरिएको । लुङसुङदाङ र खाम्वा,ङमा सडक सोलिङ गरिएको ।

साना सिचाई तर्फः

क्र.स. योजनाको नाम विनियोजित रकम रु  हजारमा कैफियत
ठिङ्गेपुर ,लुङसुदाङ   काम सम्पन्न भई भुक्तानी समेत भएको

फाकफोकथुम गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको  विभिन्न कार्यक्रमहरु

  • स्वास्थ्य तर्फको नियमित सेवा र खोप सञ्चालन भइरहेको,
  • खोज र खोप अभियान सञ्चालो गरि पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको
  • गाँउघर क्लिनिक नियमित सञ्चालन भइरहेको तथा दिर्घ रोगि हरुको लागि नियमित र निशुल्क सेवन गर्ने औषधि वितरण भइरहेको –
  • भिटामिन ए खुवाउने कार्याक्रम सञ्चालन भएको
  • विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम प्रत्येक महिना सञ्चालन भएको ।
  • ५ वर्ष मुनिका बालबालिकाको पोषणको लेखा जोखा राख्ने कार्यक्रम नियमित सञ्चालन हुने गरेको ।
  • कृषि विकास शाखाको आयोजनामा किसान सूचिकरण शिविर सञ्चालन गरिएको ।
  • महिला उघमशिलता अन्तर्गत १ दिने अभिमुखिकरण तालिम सञ्चालन संगै गरिएको ।
  • गाउँपालिकाको आयोजना तथा वडाको समन्वयमा एक दिने एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको ।
  • मौरिपालन सम्बन्धि तालिम तथा घार वितरण गरिएको ।
  • महिलागहरुको लागि ५ दिने उदघोषण तालिम सञ्चालन गरिएको ।
  • आदिवासी जनजातीहरुको लागी जातीय -नाचँ सिकाउने कार्यक्रम आजनै सम्पन्न भएको ।

 सुशासन-

सुशासनको लागि यस फाकफोकथुम गाउँपालिका वडा नं. १ बाट हुने सेवा प्रवाहलाई जनमुखी बनाउने, नागरिकको अपेक्षा अनुरुप प्रभावकारी ढंगबाट छिटो, छरितो र पारदर्शी  सेवाका माध्यमबाट नागरिकलाई सन्तुष्टिको अनुभूति दिलाउने कामको कार्यन्वयनको जिम्मा , यस वडाले लिएको र यसको लागि निरन्तर काम र प्रयास गरिरहेको छ  । यस वडा मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास ।
  • नागरिक वडा पत्रको व्यवस्था ।
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था ।
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल फेसबुक/ वेवसाइड र सार्वजनिक स्थानहरुमा सूचना टाँस गरि प्रचारप्रसार गर्ने गरिएको ।
  • पारदर्शितालाई जोड दइएको छ ।

 राजश्व/ आम्दानी विवरण आ.व.२०८२/०८३(जेठ मसान्त सम्म) फाकफोकथुम गाउँपालिका वडा नं. १ को आ.व.२०८२/०८३ को जेठ मसान्त सम्मको राजस्व विवरणः

क्र.सं. शीर्षक जम्मा
. भुमी/मालपोत शिर्षक बाट संकलित राजस्व रु. १,०५,९६१। ३७।-
. सिफारिस प्रशासनिक तथा विविध सेवा शुल्क बाट संकलित राजस्व रु. ५,७४,७०५।४
                                      जम्मा रु. ६,८०,७०५।४

अक्षरुपी छ लाख असी  हजार सात सय छ रुपिया मात्र ४० पैसा मात्र व्यक्तिगत घटना दर्ता विवरण(जेठ मसान्त सम्म)

आ.व.२०८२/०८३ को  १  नं वडाको व्यक्तिगत घटना दर्ता विवरणः

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
. जन्मदर्ता ३० जना २३ जना ५३ जना
. मृत्यु दर्ता २१ जना १० जना ३१ जना
. विवा दर्ता २४ जोडी २४ जोडी
. सम्बन्ध विच्छेद दर्ता ५ जोडी  
. बसाईँसराई आएको परिवार र संख्या           ३ परिवार  ६ जना
. बसाईँसराई गएको परिवार र संख्या         १५  परिवार   ४६ जना
घटनट दर्ता प्रतिलिपि १३३ जन्म,४ मृत्यु,२ वसाई सराई र १ सम्बन्ध विच्छेद
  जम्मा घटना दर्ता २८५

 वडामा दर्ता भएका जम्मा पत्र (जेठ मसान्त सम्म)

पत्र संख्या – दर्ता नं. १ देखी  ५० सम्म- ५० वटा

वडाकार्यालयबाट चलानी भएको  पत्र संख्या (जेठ मसान्त सम्म)

 च.नं. ०१ देखी १००४  सम्म

क्र.सं. शीर्षक संख्या
नागरिकता सिफारिस ११५ थान
नागरिकता प्रतिलिपि सिफारिस ६५ थान
नाता प्रमाणित सिफारिस ८२  थान
घर जग्गा सिफारिस( घरबाटो, चारकिल्ला ,घर कायम ,बाटो प्रमाणित आदि)               १७५थान
बैंक खाता खोल्ने सिफारिस ६५  थान
अंग्रेजी भाषाको सिफारिस               ११० थान
अन्य सिफारिस (छात्र वृत्ति,विपन्न,जनजाती,आर्थिक सहयोग  लगायत ३९२ थान
            जम्मा    १००४

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार