
इलाम : किरात याक्थुङ चुम्लुङ इलामको वडा नं. ७ को प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले बलबहादुर शेर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भीमबहादुर येक्तेन, सचिवमा देवित्रा लिम्बू, सहसचिवमा विकास लिम्बू र कोषाध्यक्षमा इन्द्रा येक्तेन चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा शुखवीर लिम्बू, शान्तिकला लिङदम, उषा लिम्बू, इन्द्रबहादुर खजुम, स्मृति चेम्जोङ, दीलकुमारी नेम्बाङ, वीरबहादुर निङलेकु र गंगा लिम्बू चयन भएका छन् ।
अधिवेशनमा किरात याक्थुङ चुम्लुङ इलाम जिल्ला समिति सचिव राम लिङदम, जिल्ला सदस्य फुलकुमारी शेर्मा, इलाम नगर अध्यक्ष युवराज योङहाङ, लिम्बू पत्रकार संघ इलामका अध्यक्ष सुशिल मोरोहाङलगायतको उपस्थितिमा भइको थियो ।


















































