इलाम : इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबङमा बाल विवाह, बालश्रम र बाल दुर्व्यसन विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार वडा कार्यालय भवनमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालसञ्जाल, बालक्लब तथा विभिन्न सरोकारवाला गरी ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार तथा अधिवक्ता राम योङहाङले सहजीकरण गरेका थिए ।
वडा सदस्य पुण्यवती न्यौपाने (रिजाल) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सोमबहादुर साउदेन, खोममाया दियालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख दीपा लिम्बूले गरेकी थिइन् ।
सन्दकपुर–३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सन्दकपुर गाउँपालिकाले बाल अधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्दै सम्पूर्ण पालिकालाई बालमैत्री पालिका बनाउने अभियान सञ्चालन गरिरहेको जनाएको छ ।


























































