
पाँचथरः प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। उनले कुल १७,२३३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गरेका हुन्। मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४,७३४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने नेकपा (एमाले) का अइन्द्र सुन्दर नेम्वाङले १४,५३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले ११,४४३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र विक्रम थाम्सुहाङले ४,१९७ मत पाएका छन् भने उज्यालो राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले २,८२५ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्वाङले ९२५ मत, मंगोल नेशनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले १६२ मत, राष्ट्रिय मुक्ति पार्टी नेपालका मित्र लिङदेनले १४३ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ११५ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विजय नेम्वाङले ९० मत, नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्वाङले ६१ मत, नेपाल मजदुर किसान पार्टीका लक्षुमान तामाङले ३२ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १८० मत, तथा जनता समाजवादी पार्टी, नेपालका मचिन्द्रप्रसाद बेघाले २४७ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार पाँचथरमा १,४३,४०८ मतदाता रहेकामा ७०,८१८ मत खसेको थियो। त्यसमध्ये ६६,९२१ मत सदर र ३,८९७ मत बदर भएको उल्लेख गरिएको छ। मतगणना फागुन २२ गते दिउँसो १:४५ बजे मिक्लाजुङ १ बाट सुरु भई फागुन २४ गते बिहान फिदिम नगरपालिकामा गणना सम्पन्न भएको थियो।



















































